News Portal

  • जनस्तरमा सम्बन्ध बनाउन सफल सशस्त्रका भक्तपुर प्रमुख रावतको बिदाई

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ माघ २०७९
    ४७२ पटक
    भक्तपुर, १७ माघ २०७९

    सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् ।  नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ ।                                                                     

    बिहीबार ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको  सशस्त्र प्रहरी बलले रावतलाई भक्तपुरबाट मुख्यालयमा जिम्मेवारी दिएको हो । हसिलो र मिजासिलो ब्यवहारका कारण रावत आफ्नो संगठनमा मात्र नभई जिल्लामै प्रिय रहेका थिए । कलाकार समेत रहेका रावत स्थानीय र सर्वसाधारणसंग राम्ररी घुलमिल गर्दा सशस्त्र प्रहरी बलले जनस्तरमा सम्बन्ध बनाउन सफल बनेको थियो । पदीय रवाफ उनको कार्यसम्पादनमा नदेखिदा र सबैलाई समान ब्यवहार प्रदर्शन गर्ने स्वभावका कारण मातहतका सकल दर्जा उनीसंग असन्तुष्ट रहेका देखिएनन् ।                                                                                                                                                    उनको नेतृत्वमा सशस्त्र प्रहरी बलले भक्तपुरको शान्ति सुरक्षा कायम राख्न, बिपद ब्यस्थापन गर्न र गत स्थानीय निर्वाचन एवं संघ र प्रदेशको निर्वाचन सफल पार्न महत्वपूर्ण कार्य गरेको निष्कर्षसहित नेतृत्वको उच्च मूल्यांकन गर्दै भक्तपुर सिडिओ रुद्रादेवी शर्माले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरबहादुर रावतलाई प्रशंसा पत्र समेत प्रदान गरेकी थिइन् । रावतको स्थानमा एसपी दिनेश कुमार महत नम्बर २२ गणको गणपतिमा सरुवा भइ आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...