News Portal

  • फ्रेब्रुअरी महिना: आयोडिन महिना

    निशा कुस्मा  भक्तपुर, १८ माघ २०७९
    ४४५ पटक
     भक्तपुर, १८ माघ २०७९

    आयो! आयो! आयो! आयो!
    हैन ए के आयो?
    आयो नुन, आयो नुन, आयो नुन
    आयोडिन युक्त नुन आयो ।
    दुई बालबालिकाको चिन्ह भएको
    आयोडिन युक्त नुन आयो ।।

    सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो । यो गीत बजेको समय ताका अहिले बजारमा पाइने प्याकेट नुनको प्रयोग कमी थियो । धेरैले ढिको नुन प्रयोग गर्ने गर्दथ्यो । तर अहिले भने मुस्किलले ढिको नुन प्रयोग गर्ने मानिसहरु भेटिन्छन् । प्रसङ्ग यो फ्रेब्रुअरी महिना: आयोडिन महिनाको हो ।

    स्वास्थ्य कार्यालय भक्तपुरले फ्रेब्रुअरी महिना: आयोडिन महिना मनाउन सुरु गरेको छ । बुधबार भक्तपुरको कटुन्जे स्थित जनस्वास्थ्य कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै नुन थोरै खाऔँ तर सहि मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्र खाऔँ! भन्ने नाराका साथ फ्रेब्रुअरी महिनाभरि आयोडिन महिना मनाउने जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताएका हुन् ।

    उनले नेपाल सरकारले “फ्रेब्रुअरी” महिनालाई आयोडिनको महिनाको रुपमा हरेक वर्ष मनाउदै आइरहेको अवगत गराए । आयोडिन युक्त नुन सहि मात्रामा सेवन गर्न सके गलगाँड, कुपोषण जस्ता रोगबाट बच्न सकिने प्रमुख मिजारको भनाइ छ ।

    आयोडिनको कमीको खतराजन घेरामा गर्भवती महिला र बालबालिका

    आयोडिनको कमीको खतराजन घेरामा गर्भवती महिला र बालबालिका रहेको स्वास्थ्यकर्मीले बताएका छन् । आयोडिनको कमी भएमा गर्भवती महिलामा भ्रूणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने सम्मको खतरा रहने जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले बताएका छन् ।

    साथै, आयोडिनको कमीले कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक वृद्धि-विकास अत्यन्त कम हुने हुनाले बालबालिकाहरू गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका हुने समेत उनले बताए।

    वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले आयोडिनको विषयमा एक प्रस्तुतीकरणमार्फत आयोडिनको कमी विशेषगरी गर्भवती महिला र बालबालिकाहरूमा हुन्न हुने बताए ।

    सरकारले हरेक वर्ष आयोडिनको कमीबाट हुने रोगबाट बच्न फ्रेवअरीको एक महिनालाई आयोडिन महिनाको रुपमा मनाउँदै आएको छ। आयोडिनयुक्त नुनको प्रयोगलाई बढाउँदै आयोडिनको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले अङ्ग्रेजी वर्षको फे्रबअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ। सन् १९९८ देखि फे्रबअरी महिनालाई आयोडिन महिनाका रुपमा विश्वभर मनाउँदै आइएको छ। चिकित्सकका अनुसार आयोडिनको कमीले गलगाड पनि हुने गर्दछ ।

    लामो समयदेखि सरकारले नुनमा आवश्यक मात्रामा आयोडिन मिलाई साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाउँदै आएको छ। यही कारण सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...