News Portal

  • सूर्तीजन्य पदार्थको कर पाए भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको निशुल्क उपचार गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ माघ २०७९
    ४६९ पटक
    भक्तपुर, २१ माघ २०७९

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले क्यान्सरका बिरामीको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गरे । क्यान्सरले जीवन संगै सम्पत्ति पनि स्वाहा हुने उदाहरण स्मरण गर्दै प्रमुख प्रजापतिले राज्यले नागरिकको सम्पूर्ण उपचारको जिम्मा लिनुपर्ने आवश्यकता औल्याए ।

    भक्तपुर क्यान्सर अस्पतालले देशैभरका क्यान्सरका बिरामीलाई सेवा पुर्याइरहेको भन्दै उनले नगरपालिकाले समेत सक्दो सहयोग गर्ने आश्वासन दिए । ब्यक्तिगत स्वार्थमा संचालित भक्तपुर क्यान्सर अस्पताल नगरपालिकाकै पहलमा सरकार मातहत आएको दावी गर्दै नगर प्रमुख प्रजापतिले जनताको हित अनुसार अस्पतालले कार्य नगरे स्वीकार्य नहुने चेतावनी दिए । संघीय सरकार मातहत आएपछि पनि पहिलेकै जस्तो हालत हुनु नहुनेमा जोड दिदै उनले अधिकत्तम जनताको हितका लागि अग्रसर बन्न सचेत समेत गराएका थिए ।

    कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेलले क्यान्सर पहिचान र उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालले देशभर ख्याति कमाएको उल्लेख गर्दै थप  उपकरण जडान गरेर सेवा विस्तार गर्न जमिनको अभाव भएको गुनासो गरे । नगरपालिकाले जमिन दिन गरेको प्रतिवद्धता स्मरण गराउदै उनले आफ्नो टिम अस्पताललाई पूर्वाधारले सुबिधासम्पन्न र सेवाले प्रभावकारी बनाउन अहोरात्र लागिरहेको जानकारी गराए । राज्यले क्यान्सर बिरामीलाई दिने उपचार खर्च ज्यादै न्यून रहेको बताउदै प्राडा पौडेलले सूर्तीजन्य पदार्थबाट उठाएको कर क्यान्सर रोक्न लगाउने हो भने क्यान्सरका कारण धनजनको क्षति नहुने दावी गरे । सूर्तीजन्य पदार्थको सबै कर पाउने हो भने देशभरका क्यान्सर पिडितलाई भक्तपुर क्यान्सर अस्पतालले निशुल्क उपचारको ग्यारेन्टी गर्ने समेत उनले घोषणा गरेका थिए ।

    उक्त अवसरमा भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बागमती प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत क्यान्सर उपचारमा ५० हजारका दरले रकम उपलब्ध गराइरहेको जानकारी गराउदै आफ्नो अस्पताल प्रदेश मातहत रहेकाले क्यान्सरका बिरामीलाई सो रकम प्राप्त गर्न सिफारिससहित आवस्यक सहयोग गर्ने प्रतिवद्धता प्रकट गरिन । उनले भक्तपुर अस्पतालकै जग्गा प्रयोग गरि विशिष्ट सेवा पुर्याइरहेका क्यान्सर र मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई एकै छाता ऐन अन्तर्गत राखी प्रतिस्ठानको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औल्याएकी थिइन् ।

    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले समयमै पहिचान भए ९० प्रतिसत क्यान्सर निको हुने भन्दै क्यान्सरको डर बाट जनतालाई मुक्त गर्नुपर्नेमा जोड दिए । खानपान र रहनसहनले यसलाई प्रभाव पार्ने बताउदै उनले जनतालाई क्यान्सरबारे जनचेतना जागृत गर्न सामुहिक प्रयत्नको महत्वमाथि प्रकाश पारे । त्यसैगरी प्राडा गणेश दङ्गालले पाठेघरको मुखको क्यान्सर विश्वमा दुर्लभ हुँदै जादा नेपालमा भने भयावह भैरहेको खुलासा गरे । खोपको ब्यवस्था हुँदाहुँदै पनि त्यसमा ध्यान नदिनु दुखद भएको भन्दै उनले सबैमिलि खोपको लागि सरकार संग लविङ गर्नुपर्ने बताए । उक्त अवसरमा वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्री, अस्पतालका निर्देशक, चिकित्सक, नर्स लगायत कर्मचारी त्यसैगरी समाजसेवी र पत्रकारहरुको समेत उपस्थिति  रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...