News Portal

  • प्रजिअ रिजालको स्वागत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ माघ २०७९
    ३०२ पटक
     भक्तपुर, २३ माघ २०७९

    सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ । आइतबार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, भादगाउँले टोपी र खादा ओढाइ स्वागत गरिएको हो ।

    प्रमुख प्रजापतिले भक्तपुरको शान्ति सुरक्षा, जात्रा व्यवस्थापन, सांस्कृतिक सम्पदा सुरक्षालगायतका विषयमा जिल्ल्ला प्रशासन कार्यालय र नगरपालिकाबीच सहकार्य हुने विश्वास व्यक्त गरे । तीन तहको सरकारबीच सहकार्य र समन्वयको सिद्धान्तअनुसार अगाडि बढ्ने संवैधानिक व्यवस्था स्मरण गर्दै उनले भक्तपुरको दुधपाटीस्थित भाज्या पुखु परिसरको बाटो खोल्ने विषयमा गृहमन्त्रालयअन्तर्गतको जुद्ध बारुण यन्त्र परिसरको बाटो खोल्ने विषयमा सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरे ।

    ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रुपले भक्तपुर महत्वपूर्ण थलो भएको बताउँदै अरु नगरपालिकाभन्दा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाईमा विशिष्ट रहेको उल्लेख गरेका छन् ।

    प्रजिअ रिजालले भक्तपुर नपासँग अरु स्थानीय तहले सिक्न लायक धेरै कामहरु भएको बताउँदै अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन भक्तपुरको धेरै ठूलो भूमिका भएको बताए । स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै उहाँले भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधि र स्थानीय जनतासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...