News Portal

  • भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ माघ २०७९
    ७७८ पटक
    भक्तपुर, २३ माघ २०७९

    भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु भएको छ ।
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको सोमबार उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको चर्चा गर्दै निर्वाचनबाट समाजवादी व्यवस्था लागू गर्ने विचार संशोधनवाद भएको बताए ।              जनतालाई राजनैतिक रुपले सचेत पार्दै सशस्त्र क्रान्तिमार्फत समाजवादी व्यवस्था लागू गर्न राजनैतिक संघर्ष अगाडि बढाइरहेको नेमकिपालाई संकीर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल र दलका नेताहरु संशोधनवादी र अवसरवादी भएको सैद्धान्तिक व्याख्या अध्यक्ष बिजुक्छेँले गरेका थिए ।

    क्रान्तिको वातावरण तयार भएर पनि क्रान्ति नगर्ने दक्षिणपन्थी अवसरवाद र क्रान्तिको वातावरण तयार नहुँदै क्रान्ति गर्ने वामपन्थी अवसरवादबाट मुक्त भई राजनैतिक संघर्षलाई अगाडि बढाउनुपर्ने उनको भनाइ रहेको छ ।

    कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरसभा नगरपालिकाको व्यवस्थापिका भएको बताउँदै सभाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको लागि आवश्यक ऐन कानुन, नीति नियम, निर्देशिका तथा कार्यविधिहरु तयार गर्दै आएको स्पष्ट पारे ।
    स्वायत्तताको नाउँमा स्थानीय तहमाथि संघ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताउँदै उनले संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको निकाय जस्तो व्यवहार गर्नु स्वायत्तता र संविधानको भावना विपरीत भएको बताए ।
    भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, कृषि, विकास निर्माण, सरसफाइलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कल्पना गरेका १सय वर्षपछिको भक्तपुरको कार्यदिशा अनुसार दीर्घकालीन उद्देश्य राखिएको जानकारी गराएका थिए ।
    भक्तपुर नपाका उपप्रमुख रजनी जोशी,भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेल,
    ख्वप ईन्जिनियरिङ कलेजका प्रँचार्य सुजन,भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि नगरपालिकाको काम र कार्यदिशा बारे टिप्पणी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...