News Portal

  • सानोथिमिमा युएसएआइडीकी प्रशासक पावर, आदर्शका छात्रासंग खेलिन् बास्केटबल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ माघ २०७९
    ६०० पटक
    भक्तपुर, २४ माघ २०७९

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले भक्तपुरको मध्यपुर थिमि–२, सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेकी छन् । दुई दिने नेपाल भ्रमणमा रहेकी पावरले युएसएआइडीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त विद्यालयको प्रगति अवलोकन गरेकी हुन् ।

    युएसएआइडी प्रशासक समान्था पावरले आदर्श विद्यालयका छात्रा टोलीसँग केही बेर बास्केटबल समेत खेलेकी थिइन् । विद्यार्थीहरूसंग सरल रुपमा प्रस्तुत भएकी पावरले उनीहरुसंग घुलमिल हुँदै भविष्यका योजना र लक्ष्यहरूबारे प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्दै जानकारी लिएकी थिइन् । विद्यार्थीहरुसँग विद्यालयको पठनपाठन, अतिरिक्त क्रियाकलापका साथै नेपालको लोकतान्त्रिक पद्धतीका बारेमा पनि उनले प्रश्न गरेकी थिइन् । परियोजना अवलोकनका लागि आएकी पावरलाई विद्यालयका प्रधानाध्यापक बाबुराम रेग्मी, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकाको शिक्षा समिति संयोजक एवं वडा नं. २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठलगायतले स्वागत गरेका थिए । उक्त अवसरमा पावरले विद्यालयका भवनहरु विद्यालयलाई हस्तान्तरण भएको जानकारी दिदै अमेरिकी सरकारले नेपाललाई निरन्तर सहयोग जारी राख्ने प्रतिवद्धता प्रकट गर्नुका साथै दुई देशबीच आपसी भाइचाराको सम्बन्ध सदैव रही रहने बिश्वास ब्यक्त गरिन् ।

    २०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त भएको उक्त विद्यालय पुनर्निर्माण गर्न र त्यहाँ विद्यार्थीहरूको सङ्ख्या दोब्बर बनाउन युएसएआइडीले स्थानीय समुदायसँग साझेदारी कार्यक्रम अन्तर्गत पुनर्निमाण परियोजना अघि बढेको अमेरिकी दूतावासले जनाएको छ ।युएसएआइडीको करिव २० करोड रुपैंयाको आर्थिक सहयोगमा आदर्श माविको ४० कोठे भवनको पुनर्निर्माण भएको प्रधानाध्यापक रेग्मीले जनाएका छन् । जसमा ८ नयाँ कोठा, ४ वटा शौचालय, एउटा हललगायत छन ।          को हुन् समान्था पावर 

    पावर युएसएआइडीकी १९औँ प्रशासक हुन । उनले सन् २०२१  मे महिनादेखि १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै युएसएआइडीलाई अघि बढाइरहेकी छन् ।
    उनी सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत रहेकी थिइन् ।

    तस्वीर सौजन्य : अमेरिकी दूतावास

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...