News Portal

  • पार्टी नीति र एजेन्डा अनुरुप काम गरिरहेको छु : उपमेयर श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ २०७९
    २९७ पटक
    भक्तपुर, २८ माघ २०७९

    नेकपा(माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष समेत रहेका नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले आफ्नो पार्टीको नीति र एजेन्डा अनुरुप काम गरिरहेको बताएका छन् ।  गठबन्धनबाट उम्मेदवार रही निर्वाचित उपमेयर श्रेष्ठले पार्टीको नीति र एजेन्डामा रही चुनावी प्रतिवद्धता पूर्ण पालना गर्दै आफूले काम गरिरहेको बताएका हुन् ।

    शनिवार लोकन्थलीमा प्रेस सेन्टर नेपालको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर श्रेष्ठले नगरबासीलाई स्वास्थ्य उपचारमा सहज पहुँचको व्यवस्था मिलाएको जानकारी गराए । नगर अस्पताललाई व्यवस्थित बनाइएको र नगरवासीको निशुल्क बीमा गरिएको जानकारी गराउदै उनले मध्यपुर थिमिमा पैसाको अभावमा उपचार नहुने अवस्था नरहेको स्पष्ट पारे । आफूहरु निर्वाचित हुँदा ७ महिना अघि देखि तलब दिन नसकेको अवस्थामा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई हाल व्यवस्थित बनाएको र सेवा बिस्तार गरिएको उनले बताए । सिटी स्क्यान, डायलासिस जस्ता सेवा थप गरी नगर अस्पताललाई बीमाका बिरामी अन्त पठाउन नपर्ने गरी सुबिधा सम्पन्न गरिएको उनको भनाइ छ । उनले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बीमा लागू गरिएको, पाँच जना सम्म परिवार संख्या भएका नगरवासीलाई स्वास्थ्य बीमा निशुल्क गरिएको, रेडक्रससंग सहकार्य गरी नगरवासीलाई निशुल्क रगत प्राप्तिको व्यवस्था मिलाइएको र वडाहरुमै नागरिकलाई निशुल्क प्रारम्भिक स्वास्थ्य परीक्षणको समेत प्रवन्ध मिलाइएको प्रष्ट पारे ।

    उपमेयर श्रेष्ठले शिक्षाको क्षेत्रमा पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नतीको काम भैरहेको बताएका छन् । त्यतिमात्र होइन, नगरपालिकाले मेडिकल कलेज,पारा मेडिकल कलेज, प्राविधिक शिक्षालयहरू संचालन गर्ने नीति तथा कार्यक्रमलाई नगर सभाले पास गरिसकेको समेत उनले खुलासा गरे ।

    आफ्नो पार्टीको पहलमा स्ववासीलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउन सफल भएको भन्दै उनले आफू उपमेयर भएपछि यसलाई अभियानकै रुपमा अघि बढाइएको बताए । भौतिक बिकास निर्माणमा मात्र केन्द्रीत नभई सामाजिक बिकासको क्षेत्रमा समेत उत्तिकै लागिपरेका कारण नगरवासीको आवश्यकताको पहिचान गर्न र त्यसलाई सम्बोधन गर्न सफलता प्राप्त भैरहेको उनको भनाइ छ ।

    उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको पहुँचमा पुर्याउन आफू कार्यभार सम्हालेको पहिलो दिनदेखि नै लागिरहेको बताउदै जनतालाई केन्द्रमा राखी काम गरिरहेकोले स्थानीयको साथ्, सहयोग र माया पाइरहेकोप्रति सन्तोष व्यक्त गरेका थिए ।

    पछिल्लो समय आफ्नो पार्टी नेकपा(माओवादी केन्द्र)ले भक्तपुरलाई न्याय गरी दुईजनालाई बागमती प्रदेश सांसद बनाएको त्यसैगरी मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार र भौतिक पूर्वाधार मन्त्रीको सलाहकारमा भक्तपुरको नेतृत्वलाई नियुक्त गरेको लगायत राजनीतिक नियुक्तिमा भक्तपुरलाई अवसर दिएकोले जिल्ला र नगरपालिकाको समग्र बिकासमा त्यसले टेवा पुर्याउने उनले बिश्वास व्यक्त गरेका थिए । जनतालाई कुरा नभई काम चाहिएको र भक्तपुरमा पार्टीलाई काम गर्ने पर्याप्त अवसर प्राप्त भएको भन्दै उनले प्रेस सेन्टरले आफूहरुको कामको प्रचार गरिदिन आग्रह गरेका थिए ।

    प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलको प्रमुख आतिथ्यता, नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष  सरल सहयात्री पौडेल तथा मध्यपुर थिमीका उपमेयर विजय कृष्ण श्रेष्ठको विशेष आतिथ्यता र प्रेस सेन्टर प्रदेश अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण र भावी कार्ययोजना तय गरेको उपत्यका प्रदेशकी महासचिव रोजिना थापाले जनाएकी छन् । उक्त अवसरमा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष गङ्गा बराल लगायतले संगठनलाई मार्गनिर्देश गरेका थिए । लोकन्थलीको इन्द्रशान पार्टी प्यालेसमा बसेको उक्त बैठकलाई प्रेस सेन्टर भक्तपुरले व्यवस्थापन एवं भक्तपुर अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...