News Portal

  • जनयुद्ध दिवसमा सरसफाई, हाइवेको बस पकेटमा भक्तपुर वाइसिएलले हरियाली प्रबर्द्धन गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७९
    ५५७ पटक
    भक्तपुर, १ फागुन २०७९

    २८ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुरको छ लेन सडक सरसफाई गरिएको छ । सरसफाइमा राजनीतिक व्यक्तिहरुका अलावा स्थानीय युवा, विद्यार्थी, सफाई अभियन्ता र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल भक्तपुरले कौसल्टार बस पकेटबाट शुरु गरेको सरसफाइमा स्थानीय प्रहरीले पनि साथ् दिएका थिए ।

    सरसफाइमा सहभागी हुन बागमती प्रदेश सभाका सांसद भुवनकेशरी श्रेष्ठ समेत आइपुगेकी थिइन् । उनले युवाहरु संगै कुचो लगाइन, फोहोर टिपिन र फोहोरलाई टुंगोमा पुर्याएर फालिन ।

    सांसद श्रेष्ठलाई सफाइमा साथ् दिइरहेका देखिन्थे, निवर्तमान प्रदेश सांसद प्रतिमा श्रेष्ठ र संविधान सभासद उमा कपाली ।

    सरसफाई अभियानको नेतृत्व माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म र वाइसिएलका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले गरेका सफाई अभियन्ता एवं वाइसिएल नेता नरेश रंजितले जानकारी गराएका छन् ।

    उक्त अवसरमा पार्टीका जिल्ला संयोजक सुनिल गोठे बासु र मध्यपुर थिमीका पार्टी अध्यक्ष एवं नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका साथै नेताहरु डिपी थपलिया, सानुकान्छा आलेमगर लगायतको समेत सहभागिता रहेको थियो ।

    कार्यक्रममा फोहोर व्यवस्थापन सम्बधी चेतनामूलक माइकिङ्ग पनि गरिएको थियो । यात्रुबाहक बसहरुबाट जथाभावी फोहोर नफाल्न संदेश दिने स्टिकर टास्ने काम समेत भएको वाइसिएल भक्तपुरको भनाइ छ । बस पकेटहरुमा अत्याधिक फोहोर देखिएकाले स्थानीयलाई फोहोर जथाभावी नफाल्न र अरुलाई पनि फाल्न नदिन प्रेरित गरिएको वाइसिएल भक्तपुरका सचिव सरराज उप्रेतीले जानकारी दिए ।

    सफाई अभियन्ता समेत रहेका वाइसिएल केन्द्रीय सदस्य एवं युवा उद्यमी नरेश रंजितले स्थानीय र स्थानीय सरकार संग समन्वय गरी बस पकेटलाई सफा, सुन्दर र हरियाली बनाइने योजनाबारे जानकारी गराए । वाइसिएलका अर्का केन्द्रीय सदस्य राजु कुटुले भक्तपुरको हाइवेमा रहेका बस पकेटमा हरियाली प्रवर्धन गर्ने र बस पकेटको सुन्दरता बढाउने बताउदै यहाँबाट यात्रा गर्ने हरकोहीलाई भक्तपुर सफा नगर भएको संदेश दिन सक्ने गरी काम गर्ने दावी गरे । यसका लागि भक्तपुर वाइसिएल आजै बाट लागिपर्ने अर्का वाइसिएल नेता एवं युवा व्यवसायी लक्ष्मण दुलाल र दिपेश लामिछानेले जानकारी दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले युवाहरुले सडकमा रहेका फोहोर मात्र नभई हरेक क्षेत्रमा रहेका फोहोर सफा गर्ने जिम्मा लिनुपर्ने बताए । देशको बिकास र सम्वृद्धि युवाहरुकै हातमा रहेको उल्लेख गर्दै उनले वाइसिएलले सबै युवालाई एकतावद्ध गरी देश र समाजको हितमा अभियान शुरु गर्न सुझाव दिएका थिए ।

    सरसफाइमा सहभागीहरुले अविर लगाई एक आपसमा जनयुद्ध दिवसको शुभकामना साटासाट समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...