आज सार्वजनिक विदा भएपनि बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । सरकारले साेमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाे हाे ।
तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकाे हाे ।
राष्ट्र बैंकले साेमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।