News Portal

  • विवाह गर्न र पार्टीमा जना भाडाका कपडा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७९
    ८७५ पटक
     भक्तपुर, १ फागुन २०७९

    अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत (स्वयम्बर)कालागि लुगा सिलाउन नै भ्याएन। “साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर लगाएँ” उनले भने, “विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहो-याएर लगाउने चलन छैन, त्यसैले पनि भाडामा लिने ठिकै लाग्यो।”

    “सिलाउन पनि धेरै महँगो पर्ने भयो” राजभण्डारीले थपे, “एक दिन वा एक पटकका लागि यति खर्चिलो लुगा किन लगाउने जस्तो लाग्यो, मलाई त यो भाडाको लुगाको चलन आएको राम्रो लाग्यो।” उनी मात्र होइन सर्जु चौलागाईंले पनि आफ्नो विवाहको लेहेङ्गा भाडामा नै लिएका थिए । उनी भन्छन् , “पहिले म पार्टीमा जाने बेला पनि यस्तो भाडाको कपडा नै लगाउँथे । विवाहका लागि पनि उतैबाट लुगा लिएँ ।”

    एक पटक लगाउने हो, पटक पटक सिलाउँदा धेरै रकम पर्नुका साथै लुगा थन्क्याउने झन्झटबाट पनि छुट्कारा हुन्छ । विवाहका लागि विभिन्न फेसनका लुगा आवश्यक पर्छ तर सिलाउन र भनेको जस्तो सिलाइ र आफूलाई चित्तबुझ्दो फेसन पाउन निकै कठिन हुन्छ त्यसको विकल्प बनेको छ विभिन्न फेसनको कपडा एकै ठाउँमा त्यो पनि भाडामा । कपडा भाडामा पाउने स्थानमा थरीथरी डिजाइनका पहिरनलाई भाडामा दिने गरिएको छ । यहाँ महिला, पुरुष दुवैका लागि पार्टी वेयर ड्रेसदेखि विवाहको पहिरन भाडामा पाइन्छ । कपडा रेन्टले महिलाका लागि विशेष गरी साडी, गाउन र लेहेङ्गा तथा पुरुषका लागि सुट र दौरा सुरुवाल भाडामा दिने गर्छ ।

    पुलचोकस्थित एन्टिडोट नेपालमा पनि छानी छानी भाडामा ‘पार्टी वेयर’ पाइन्छ । वास्तवमा धेरैलाई पार्टीमा एक पटक लगाइसकेको कपडा फेरि अर्को पार्टीमा लगाउन मन लाग्दैन । पटक पटक नयाँ कपडा सिलाउन झन्झट त हुन्छ नै, आर्थिक भार पनि थपिन्छ । यस्तै समस्यालाई ध्यानमा राखेर एन्टिडोट सञ्चालन गरेको एन्टिडका सञ्चालक मनिषजङ्ग थापा बताउँछन् । उनले पार्टी ड्रेसभन्दा बेहुलीको कपडा, लेहेङ्गा, साडी आदिलाई बढी प्राथमिकता दिन थालेको जानकारी दिए । यहाँ बेहुलाका लागि दौरा–सुरुवाल पनि भाडामा पाइने थापाले बताए । पोसाक भाडाले कुनै पनि पहिरन कम्तीमा तीन दिनका लागि भाडामा दिने गर्छ । यदि त्योभन्दा बढी अवधिका लागि भाडामा लिने हो भने सोहीअनुसार शुल्क लाग्ने गर्छ ।

    कपडा भाडाबाट महिलाको पहिरन एक पटक भाडामा लिँदा एक हजार रुपियाँदेखि १२ हजारसम्म पर्छ । पुरुषको पहिरन ८०० देखि चार हजार रुपियाँसम्म पर्छ । प्रयोग गरेको कपडा जस्ताको तस्तै फर्काउनुपर्ने हुन्छ, कपडामा दाग लागे, च्यातिएमा मर्मतका लागि थप शुल्क तिर्नुपर्ने हुन्छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...