News Portal

  • ७० अंकमा लाइसेन्स पास, मुख्यमन्त्री जमरकट्टेलले गरे परीक्षा संचालनको उद्घाटन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ फागुन २०७९
    ४८८ पटक
    भक्तपुर, २ फागुन २०७९

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्था बमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा संचालनको उद्घाटन गरेका छन् । सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा संचालनको मुख्यमन्त्री जमरकट्टेलले भक्तपुरबाट उद्घाटन गरेका हुन् ।

    राधेराधेस्थित प्रयोगात्मक परीक्षा केन्द्रमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले परीक्षालाई जटिलताबाट सरलतातर्फ़ लगिएको जानकारी गराएका छन् । नयाँ निर्देशिकाले परीक्षार्थीका साथै परीक्षक कर्मचारीलाई पनि सजिलो र व्यवहारिक गराएको उनले जिकिर गरे ।

    मुख्य मन्त्री जमरकट्टेलले जनतालाई कार्यालयले दिने सेवाको आधारमा सरकारप्रति धारणा बन्ने भएकोले जनतालाई अनावश्यक दुख सास्ती नदिन समेत यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएका छन् । आफूले अनुगमनको संयन्त्र बनाउने खुलासा गर्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्ड सजायको व्यवस्था हुने चेतावनी दिएका थिए ।

    मुख्यमन्त्री जमरकट्टेलले आफ्नो सरकार कर्मचारी मैत्री भएको दावी गर्दै काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ताको ब्यवस्था समेत गरिएको बताए । कुनै दबाब वा अभाव भए सोझै मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन आग्रह गर्दै उनले सेवामा दायाबायाँ गरेर सरकारलाई बद्नाम नगर्न निर्देशन दिए ।

    उक्त अवसरमा प्रदेशमा प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले मुख्य मन्त्रीले उद्घाटन गरेसंगै सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा संचालन प्रदेशभर शुरु भएको जानकारी गराए । उनले नयाँ व्यवस्था लागू भए संगै यसका व्यवहारिक अप्ठ्यारा थाहा हुने र निर्देशिका संशोधन गर्दै त्यसलाई सुधार्दै जान सहयोग मिल्ने बताए ।

    कार्यक्रममा राधेराधेस्थित यातायात व्यवस्था कार्यालय(लाइसेन्स) का निमित्त कार्यालय प्रमुख शिव निरौलाले नयाँ अभ्यास गर्नुपर्ने भएकोले परीक्षा परीक्षार्थी र कर्मचारी दुबैका लागि चुनौती भएको भनेका छन् । बिस्तारै यसमा बानी परिने र यो परीक्षा संचालन प्रक्रिया सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।

    नयाँ व्यवस्था अनुसार लिखितमा यातायात व्यवस्था विभागले सार्वजनिक गरी दिएको ५ सय नमूना बस्तुगत प्रश्नबाट २५ प्रश्न सोधिने छ । प्रति प्रश्न ४ अंकभार रहेको यस परीक्षामा उतीर्ण हुन ६० अंक ल्याउनुपर्नेछ । प्रश्न तयार पार्दा विभागले दिएको ५ सय प्रश्न भित्र रही तयार पार्नुपर्नेछ ।

    त्यसैगरी प्रयोगात्मक परीक्षामा ७० अंक ल्याउने परीक्षार्थी उतीर्ण हुने व्यवस्था गरिएको छ । परीक्षाका क्रममा कुनै तोकिएको अवस्थामा अनुतीर्ण घोषणा गरिएका बाहेक न्युनत्तम ७० अङ्क प्राप्त गर्ने परीक्षार्थी उतीर्ण हुने निर्देशिकामा उल्लेख रहेको यातायात कार्यालय भक्तपुरका अधिकृत गोबिन्द सिवाकोटीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...