News Portal

  • बिकासका ठुला योजना वनाउन मुख्यमन्त्री जमरकट्टेलको आग्रह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ फागुन २०७९
    ४५४ पटक
    भक्तपुर, २ फागुन २०७९

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भक्तपुरलाई दीर्घकालीन लाभ हुने ठुला योजनाहरुमा प्रदेशले बजेट छुट्याइदिने बचन दिएका छन् । स्थानीय सरकारले पूरा गर्न नसक्ने ठुला योजना लिएर आउँन आग्रह गर्दै उनले आफूले कम्तिमा आधा दर्जन योजनालाई बजेट बिनियोजन गरिदिने बचन दिएका हुन् ।

    मंगलवार नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमी नगर समितिको बधाई एवं सम्मान ग्रहण गर्दै मुख्यमन्त्री जमरकट्टेलले आफू टुक्रे योजनाको पक्षमा नभएको भन्दै मझौला र ठुला योजनामा सरकारको प्राथमिकता रहने प्रष्ट पारे । भक्तपुरको मध्यपुर थिमीबासी नै भएकोले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको समेत मुख्यमन्त्री जमरकट्टेलले जानकारी गराए । थिमी ससुरालीघर भएका जमरकट्टेल काठमाडौं आउदा यहीँ बस्ने गर्दछन । उनले आफूले प्रमुख राजनीतिक सल्लाहकार पनि भक्तपुरका नेता डिपी ढकाललाई नियुक्त गरेको भन्दै भक्तपुरलाई बागमती प्रदेश सरकारको सदैव साथ् र सहयोग प्राप्त हुने बताए ।

    उक्त अवसरमा मुख्यमन्त्री जमरकट्टेलले व्यक्तिगत अनुदानको दुरुपयोग बढेकाले समुदायमा आधारित अनुदान शुरु गर्ने उद्घोष गरे । उनले प्रदेश सभा सदस्य, स्थानीय सरकार र पार्टीको सुझाव अनुसार कार्ययोजना बनाउने समेत बताए । मुख्य मन्त्री जमरकट्टेलले आफू नेतृत्वको सरकारले नेपाल भाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको समेत जानकारी गराएका छन् । संघीयताको मर्म अनुसार जनता केन्द्रीत नीति तथा कार्यक्रम र योजना निर्माण एवं कार्यान्वयनमा सबैको लागि बागमती प्रदेश सरकारले काम गर्ने उनले प्रतिवद्धता प्रकट गरेका थिए ।

    उक्त अवसरमा नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमी नगर समितिले भक्तपुर बाट प्रदेश सभा सदस्य भएका नेताद्वय देवेन्द्र श्रेष्ठ दिवाकर र भुवनकेशरी श्रेष्ठ भावना त्यसैगरी बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलका मुख्य राजनीतिक सल्लाहकार डिपी ढकाललाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो । पार्टीको नगर अध्यक्ष एवं मध्यपुर थिमीका उपमेयर विजय कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...