News Portal

  • आइसिसी विश्वकप लिग २ : १०९ रनमा ५ विकेट गुमायो स्कटल्याण्डले

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ फागुन २०७९
    ३२९ पटक
     भक्तपुर, ५ फागुन २०७९

    काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज स्कटल्यान्ड र नेपालबीचको खेल जारी छ । स्कटल्याण्डले खराब प्रदर्शन गरेको छ । स्कटल्याण्डले २३ दशमलव दुई ओभरमा चार विकेटट गुमाएर १०९ रन बनाएको छ ।

    नेपालका लागि कुशल मल्ल र सन्दीप लामिछानेले समान २/२ विकेट लिएका छन् । कुशल भुर्तेलले एक विकेट लिएका छन् । स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

    त्रिवि क्रिकेट मैदानमा सुरू खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध खेलेका ललितनारायण राजवंशीलाई बेन्चमा राखेर गुलशन झालाई खेलाइएको छ ।

    नेपालबाट कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।

    आफ्ना अन्तिम तीन खेल अगाडि नै स्कटल्याण्ड च्याम्पियन भइसकेको छ । नेपाल भने घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियामाथि कीर्तिमानी जित निकालेको थियो।

    २५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ ।

    च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...