News Portal

  • रेसुंगामा २५८ प्रजातिका चरा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ फागुन २०७९
    १६९ पटक
    भक्तपुर, ७ फागुन २०७९

    गुल्मी । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल रेसुंगा क्षेत्रमा २ सय ५८ प्रजातिका चरा भेटिएका छन् । पंक्षी संरक्षण गुल्मीले रेसुंगा क्षेत्रमा गरेको अध्ययन अनुसार पछिल्लो समय मात्रै पाँच प्रकारका नयाँ चरा भेटिएसँगै रेसुंगामा चरा प्रजातिको संख्या २ सय ५८ पुगेको हो । यसअघि रेसुंगा क्षेत्रमा २ सय ५३ प्रजातिका चरा रहेका थिए ।

    रेसुंगामा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये रेसुंगा क्षेत्रमा ३५ प्रतिशत पाइन्छन् । रेसुंगा क्षेत्रमा विश्वकै दुर्लभ चरा चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । रेसुंगा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रसँगै चरा अवलोकनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चरासम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले रेसुंगा वन संरक्षण क्षेत्रमा पाइने चराकोबारेमा पुस्तकसमेत तयार गरेको छ ।

    पुस्तकमा रेसुंगा क्षेत्रमा पाइने चरा र अवस्थाका ’boutमा उल्लेख गरिएको छ । रेसुंगा क्षेत्रमा नेपालकै लोपोन्मुख प्रजातिका चराहरू फेला परेता पनि त्यसको संरक्षणमा सबै पक्षको सहयोगको खाँचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत पन्थीले बताए । दुर्लभ चरा भेटिए पनि बासस्थानमा जलवायु परिर्वतन, विद्युतीकरण, चोरी सिकारी, वन डढेलो, बिजुलीका पोल, बढ्दो रासायनिक पदार्थको प्रयोग र दूरसञ्चार आवृत्तिजस्ता चुनौती छ । रेसुंगा वन संरक्षण क्षेत्र ७ हजार ९ सय ३ हेक्टरमा फैलिएको छ । यस क्षेत्रमा विश्वव्यापी रूपमा लोपोन्मुख गिद्धको बासस्थान रहेको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडेभ्याकुरलगायतका चरा भेटिएको तथ्यांकमा उल्लेख छ ।

    रेसुंगा धार्मिक, सांस्कृतिक, पर्यावरणीय, जैविक विविधताको भण्डार, जलाधार क्षेत्र, वैज्ञानिक महत्त्व राख्ने गुल्मीको पहिचान बोकेको स्थान हो । भौगोलिक उचाइगत विविधताले गर्दा यस क्षेत्रमा ६८ प्रजातिका बिरुवा, ३४ प्रजातिका झाडी, ४६ प्रजातिका जडीबुटीजन्य वनस्पति र विभिन्न प्रकारका वनस्पति पाइएको अध्ययनले देखाएको छ । रेसुंगा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडि सालको वन, कटुस चिलाउने मिश्रित वनदेखि शुद्ध खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशीतोष्ण चौडापाते वन अवलोकन गर्न सकिन्छ ।

    यस रेसुंगा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल र अन्य गैरकाष्ठ वन पैदवार पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐंसेलु, मजिठो, सतुवा, नागबेलीसहित १ सय ६१ प्रजातिका जडिबुटी रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख छ ।

    यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २ हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडिबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थितिकीय प्रणाली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर, जलचर, उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा, मृग र चितुवाको राम्रो बासस्थानका रूपमा रहेको छ ।

    रेसुंगाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यात्मिक महत्त्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्त्व का स्थल पनि रहेका छन् । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालयजस्ता धार्मिक स्थल यसै संरक्षित वनक्षेत्रभित्र पर्छन् । यहाँ विभिन्न अवसरमा पराम्परागत मेला लाग्ने गर्छ । रेसुंगा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमशृंखलालगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीका लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...