News Portal

  • इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई रु.६१ लाख बराबरको छात्रवृत्ति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ फागुन २०७९
    ४५० पटक
    भक्तपुर, ७ फागुन २०७९

    भक्तपुर नगरपालिकाबाट सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच छात्रवृत्ति रकम वितरण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले दुवै कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आज रु. ६१ लाख बराबरको छात्रवृत्ति वितरण गरेका हुन् ।

    भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई रु. ३२ लाख ९ सय र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीलाई रु. २९ लाख ३६ हजार गरी रु. ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरिएको कलेज स्रोतले जनाएको हो ।

    प्रमुख प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीहरुलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए । भक्तपुर नपाबाट सञ्चालित विभिन्न कलेजहरुमार्फत वार्षिक ४ करोड बराबरबको छात्रवृत्ति वितरण हुँदै आइरहेको बताउँदै उनले भने, “शैक्षिक संस्थामा बन्द हड्तालको प्रभाव पर्नुहुँदैन भन्ने मान्यताले हामी अगाडि बढिरहेका छौं ।”

    उनले इमानदारीपूर्वक देश र जनताको निम्ति सेवा गर्ने भावना विद्यार्थीहरुमा हुनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले अन्य विभिन्न विषयमा पीएचडीसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋण समेत उपलब्ध गराउँदै आएको अवगत गराए । प्रजातन्त्र पुनःस्थापनाको ३३ वर्ष बितिसक्दा पनि जनताले देशमा कुनै परिवर्तनको महसुस नगरेको बताउँदै प्रमुख प्रजापतिले आर्थिक समानतासहितको प्रजातन्त्र आजको आवश्यकता रहेको जानकारी दिए ।

    राजनीतिक अस्थिरता भएको देशमा विकासको सम्भावना नहुने बताउँदै उनले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नै देश विकास नहुनुको कारक तत्व भएको बताए । विद्यार्थीहरुले अध्ययनसँगसँगै देशको राजनीतिबारे पनि ध्यान दिन सके हामीले सोचेअनुसार देशमा परिवर्तन सम्भव हुने बताउँदै उनले परिश्रमी र मेहनती विद्यार्थीले नै सफलता हासिल गर्ने बताएका छन् ।

    त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेज स्थापनाका उद्देश्यमाथि प्रष्ट पार्दै कलेज स्थापनाको उद्देश्यअनुसार निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको बताए ।

    ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले छात्रवृत्ति रकमको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्दै नगरपालिकाको योगदानबाट सबै विद्यार्थीहरु लाभान्वित भएको र भक्तपुरको दुवै इन्जिनियरिङ कलेजले उत्कृष्टता हासिल गरिरहेको जानकारी दिए ।

    कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले कलेजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीहरुमा उत्साह थपेको, नयाँ नयाँ कुरा सिक्न प्रेरित गरेको र परीक्षाको नतिजामा समेत सकारात्मक प्रभाव परेको तर्क प्रस्तुत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...