News Portal

  • ख्वप कलेज अफ ल र शवदाह गृह सञ्चालनका लागि कार्यविधि पारित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ फागुन २०७९
    ५४५ पटक
    भक्तपुर, ९ फागुन २०७९

    भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित भएको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको नगरसभाको बैठकबाट ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित भएको हो ।

    सभामा बोल्दै सभाध्यक्ष प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य कानुनहरुले दिएको अधिकार प्रयोग गरी अघिल्लो कार्यकालमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरुको विनियम पारित भइ लागू भइसकेको अवगत गराउँदै सोही विनियमअनुरुप ख्वप कलेज अफ लको विनियम निर्माण भएको बताए ।

    भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहहरुको लागि पनि अनुकरणीय रहेको बताउँदै नगरसभाबाट पारित ऐन, कार्यविधि, विनियम तथा निर्देशिका आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने पनि उनले बताए ।

    पारित ख्वप कलेज अफ लको विनियममाथि भएको छलफलमा सभासद्द्वय हेरा ख्याजू र इन्द्रबहादुर प्याठले सञ्चालक समितिमा विज्ञहरुलाई समावेश गर्नुपर्ने, नगरबासी विद्यार्थीहरुलाई भर्ना शुल्कमा छुट र छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने धारणा राखे । सभामा उठेका जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले प्रष्ट पारे ।
    सोही क्रममा मंगलबारको सभामा प्रस्तुत भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ माथि छलफलमा सभासद्हरु रीता फसिकवा र पुरुषोत्तम तमखूले सुधारिएको शवदाह गृह चौबिसै घण्टा सञ्चालन गर्न सकिए जनतालाई सहज हुने र गुठियारहरुलाई शवदाह गृह सञ्चालनबारे तालिम दिन सके यथोचित हुने जानकारी दिए ।

    सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका सहकारी नियमावली, २०७९ सभामा छलफलको लागि प्रस्तुत गरेका थिए भने सभाध्यक्ष प्रजापतिले नगरसभाको अर्को बैठक फागुन १० गते बुधबार दिनको १ बजे बस्नेगरी बैठक सकिएको जानकारी गराए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...