News Portal

  • सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति मेयर प्रजापतिको असन्तुष्टि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ फागुन २०७९
    ३९१ पटक
    भक्तपुर, १४ फागुन २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकलाई सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हुनेखानेलाई समेत बृद्ध भत्ता बाडेर राज्यले व्ययभार मात्र बढाइरहेको उनको भनाइ छ ।

    शनिवार भनपा १ नपलीस्थित सहारा हेरचाह केन्द्रको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख प्रजापतिले बिपन्न र सम्पन्नलाई राज्यले एकै नजरले हेर्न नहुने बताए । सम्पन्नसंग लिने र बिपन्नलाई दिने व्यवस्था समाजवादमा हुने भन्दै नेमकिपाका केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख प्रजापतिले पूजीवादी व्यवस्थामा समाजवादको नक्कल गरिएपनि व्यवहारिक् त्रुटी रहने प्रष्ट पारे । बृद्ध भत्ता बाड्नु भन्दा त्यो रकमले स्वास्थ्य, आवास र हेरचाह लगायतका क्षेत्रमा राज्यले जेष्ठ नागरिकको हितका धेरै दीर्घकालीन काम गर्न सकिने उनको दावी छ ।

    भक्तपुर नगरपालिकाले जेष्ठ नागरिकका लागि लागि घरमै गएर नर्सिङ्ग सेवा उपलब्ध गराइरहेको उनको भनाइ छ । उनीहरुका लागि सुविधासम्पन्न छुट्टै घरको अवधारणा अन्तर्गत आदर निकेतन बनाइरहेको बताउदै उनले निर्माण सम्पन्न हुनासाथ जेष्ठ नागरिकलाई त्यहाँ राख्न शुरु गर्ने जानकारी गराए । प्रमुख प्रजापतिले नगरपालिकाले गरिब र आवश्यक ठानेका जेष्ठ नागरिकलाई आदर निकेतनमा निशुल्क राख्ने तर जेष्ठ नागरिकलाई बोझ सम्झी बुझाउन ल्याउने परिवारलाई दण्ड सजाय दिने समेत खुलासा गरे । उनले जेष्ठ सदस्यप्रति आदर, सम्मान र स्नेह हुनुपर्ने बताउदै आफू पनि बुढो हुनुपर्ने कुरा कसैले पनि बिर्सन नहुनेमा जोड दिए ।

    पछिल्लो समय नगरमा पढ्न र कमाउने निहु बनाइ विदेश जाने र उतै पलायन हुने प्रवित्ति बढेको प्रति चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले स्वदेशमै पढ्न र उद्यम गर्न नगरपालिकाले ऋण समेत दिएर विदेश जाने क्रम रोक्न पहल गरिरहेको प्रष्ट पारे । पैसा साधन मात्र भएको र परिवार भन्दा ठुलो नभएको उल्लेख गर्दै उनले परिवार, समाज र देश बिर्सेर पैसाको पछि लाग्ने मानिसका कारण उनीहरु माथि परिवार र राज्यले गरेको लगानी खेर गएको जिकिर गरे । विदेशबाट छोराछोरीले पठाएको पैसा नभई उनीहरुको प्रेम जेष्ठ नागरिकलाई आवश्यक भएको भन्दै उनले सचेत नागरिकले पैसालाई भन्दा प्रेमलाई महत्व दिनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...