News Portal

  • उप प्रमुख माथि आक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) आक्रोशित, कडा कारवाहीको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ फागुन २०७९
    ४५९ पटक
    भक्तपुर, १५ फागुन २०७९

    आफ्नो नगर अध्यक्ष समेत रहेका मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठमाथि आक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) आक्रोशित भएको छ । पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र संयोजक सुनिल गोठे बासुले एक बिज्ञप्ति जारी गर्दै दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।

    जनसेवामा रहेका जनप्रतिनिधि माथिको आक्रमण जनता माथिकै आक्रमण भएको नेकपा (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिले ठहर गरेको छ । पार्टीले यसलाई अक्षम्य अपराध भनेको छ । माओवादी केन्द्रले बिज्ञप्तिमा उच्छ्रिङ्खल तत्वले राजनीतिक दुरासय राखी उप प्रमुख माथि आक्रमण गरेको बताएको छ । ”जुनसुकै आवरण र उक्साहटमा गरिएको भएपनि यस्तो अक्षम्य अपराधमा संलग्न दोषीलाई कानुन बमोजिम कडा कारवाही गर्न पार्टी जोडदार माग गर्दछ ।” बिज्ञप्तिमा भनिएको छ ।

    आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो । नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको नेतृत्वमा रहेको एक अराजक समूहले उपप्रमुख माथि सुनियोजित आक्रमण गरेको उनको सचिवालयले जनाएको छ । बालकुमारी हात्तिमहाकाल सडक अन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने कार्यमा अवरोध गर्दै आक्रमण भएको बताइएको छ ।

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा निर्माणमा सहजीकरण गर्न नगरपालिकाको टोली आइतवार बिहान दुईपोखरी पुगेको थियो । नगरपालिकाले दोषी ठहर गर्दै मथिनपा- ५ का सुमन जोशी र उनको समूहलाई कानुनी कारवाही गर्न प्रहरीलाई पत्राचार समेत गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...