News Portal

  • औषधी बिक्रि गरेको आरोपमा पसले पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ फागुन २०७९
    ६९० पटक
    भक्तपुर, १६ फागुन २०७९

    लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी बिक्री वितरण गरेको आरोपमा भक्तपुर प्रहरीले एक औषधी पसलेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भई हाल निकोशेरा बस्ने २७ वर्षिय अरुणकुमार साह हुन ।

    भक्तपुरको मध्यपुर थिमि–५, निकोशेरामा बिना दर्ता औषधी पसल संचालन गरेका साहले ती औषधी बिक्रि गर्ने अनुमति समेत नलिई लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी बिक्रि वितरण गरेको पाईएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूचना अधिकारी रहेका डिएसपी कुमारप्रसाद मैनालीले बताए अनुसार अवैधरुपमा औषधी बिक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा साहलाई पक्राउ गरिएको हो ।भएपछि प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरिएको प्रनाउ मैनालीले बताउनुभयो ।

    प्रहरीले उनको पसलबाट लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने विभिन्न औषधी समेत बरामद गरेको बताइएको छ । उनलाई कारवाहीका लागि काठमाडौंस्थित औषधी व्यवस्था विभाग पठाएको डिएसपी मैनालीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...