News Portal

  • मध्यपुर थिमिका नयाँ नामहरु खारेज हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ फागुन २०७९
    ६०२ पटक
    भक्तपुर, १६ फागुन २०७९

    मध्यपुर थिमि नगरपालिकाले नगरका बिभिन्न ठाउँका पुराना मौलिक नामलाई प्रतिस्थापन गर्दै बनेका नयाँ नामहरु खारेज गर्ने भएको छ । पुराना नाम कायम गर्न जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

    अभिलेखीकरण तथा प्रतिस्थापन सम्बन्धमा मंगलवार जनप्रतिनिधिलाई नगरपालिकाले अभिमुखीकरण गरेको हो । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समितिले जनप्रतिनिधि र कर्मचारीलाई सो सम्बन्धमा अभिमुखीकरण गरेको नगरपालिकाले जानकारी गराएको छ ।

    समितिका संयोजक ई. राजेन्द्र श्रेष्ठले कुनै पनि स्थानको मौलिक पहिचान स्थापित गरी भावी पुस्तालाई सो को महत्व बताउन स्थान विशेषको मौलिक नामाकरण आवश्यक भएकोले यो अभियान सञ्चालन गरिएको बताए ।
    उनले विश्वमा सन् १८०० देखी मौलिक पहिचानसहितको नामको संरक्षण गर्ने अभियान शुरु भएको जानकारी दिँदैं संयुक्त राष्ट्र संघले समेत छुट्टै समिति गठन गरी मौलिक नामाकरणको सम्बन्धमा कार्य गर्दै आइरहेको स्पष्ट पारे ।

    त्यसैगरी समितिका सदस्य सचिव तुलसीभक्त तकोले समितिको उद्देश्य, काम कर्तव्य अधिकार, मौलिक नामाकरणका सूचांक, विधि, पद्धतीका बारेमा सहभागीहरुलाई जानकारी दिइएको बताए ।

    नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले नगरको स्थानीय पहिचानका लागि नाम महत्त्वपूर्ण भएको भन्दै मौलिक नामलाई  पुनर्जीवन दिन लागिएको प्रष्ट पारे । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरमा बढ्दो शहरीकरण र बस्ती विकाससँगै स्थानीय पहिचान सहितको मौलिक नामहरु लोप हुने अवस्था आएकोले नगरपालिका भित्रका स्थानमा मौलिक नामको संरक्षण अभियान शुरु गरिएको बताए । स्थानीय अभियन्ता र विज्ञसहितको समिति गठन गरीसकिएको र समितिको सिफारिसमा आगामी वर्षदेखि नै मौलिक नामाकरणको थालनी गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...