News Portal

  • बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरले विशेष कार्यदल बनाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७९
    ५५० पटक
    भक्तपुर, १७ फागुन २०७९

    बढ्दो बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा वायु प्रदूषणका कारण क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढेको भन्दै वायु प्रदुषण न्यूनीकरणको दीर्घकालीन  नीतिका लागि विशेष कार्यदल बनाउने निष्कर्ष निकालिएको हो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको वायु प्रदूषण न्युनीकरण एवं रोकथाम विषयक अन्तरक्रिया कार्यक्रममा भक्तपुरको चाँगुनारायण उपत्यकाकै सवैभन्दा प्रदूषित नगर भन्ने तथ्यांक प्रति चिन्ता व्यक्त गरिएको थियो ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको बायु प्रदूषित हुँदा क्यान्सर जोखिम बढेको र प्रत्येक दिन २ जना बिरामी उपचार सहायताको लागि सिफारिस लिन आउने गरेको खुलासा गर्दै बायु प्रदुषण रोक्न अर्काे वर्षदेखि इट्टा भट्टा सञ्चालन गर्न नदिने उद्घोष समेत गरे । आफूलाई करको भन्दा नागरिकको ज्यानको माया भएको जिकिर गर्दै उनले बैकल्पिक व्यवसाय रोज्न आग्रह गरेका थिए । इट्टा व्यवसायीहरुलाई स्थानान्तरण गर्दा वा व्यवसाय छोड्दा हुनसक्ने नोक्सानको पूर्ती नगरपालिकाले गरिदिने समेत उनले आश्वासन दिए ।

    भक्तपुरमा ४ दर्जन बढी इट्टा भट्टा रहेको छ । इट्टा ब्यवयायी संघका सचिव आशाराम बैद्यले बिना अध्ययन प्रदूषणको सम्पूर्ण दोष इट्टा भट्टालाई दिनु अन्यायपूर्ण हुने बताए । भक्तपुरको इट्टा उद्योगले वार्षिक ३० हजार बढी रोजगारी सिर्जना गरेको दावी गर्दै उनले इट्टा भट्टालाई व्यवस्थित र प्रदूषण रहित प्रविधिको लागि आफूहरु तयार रहेको दावी गरेका थिए । मानव बस्ती बाहिर इट्टा भट्टा राखिएको भएपनि आफूहरुले बाटो बनाएपछि बस्ती आएर बसेको भन्दै उनले जहाँ स्थानान्तरण गरेपनि बस्ती बढ्नसक्ने सम्भावना उत्तिकै रहेकोले स्वदेशी लगानी र रोजगारदाता इट्टा भट्टालाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए । उक्त अवसरमा इट्टा ब्यवयायी संघका अध्यक्ष एवं भक्तपुर उधोग बाणिज्य संघकी बरिष्ठ महिलाल उपाध्यक्षको समेत सहभागिता रहेको थियो ।

    अन्तरक्रियामा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख प्रा डा विष्णुदत्त पौडेलेले वायु प्रदूषणका कारण क्यान्सर जोखिम बढ्ने बताएपनि इट्टा भट्टाका कारण कति जोखिम भन्ने बारे बिना अध्ययन बताउन नसक्ने स्पष्ट पारे । उक्त अवसरमा स्वच्छ वायु प्रबर्द्धन संजाल र जिल्ला बन कार्यालय त्यसैगरी वातावरण विज्ञ संगीता डंडेख्या र हिक्मत सिंह लेकाली लगायतले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा वार्षिक ४२ हजार भन्दा वढी मानिसको मृत्य वायु प्रदूषणका कारण हुँंदै आएको र उपत्यकामा मात्रै पाँंच हजार वढीको ज्यान वायु प्रदूषणका कारण जाने गरेको जानकारी गराए । एक मानिसका लागि ८ रुख आवश्यक रहेको भन्दै प्रदूषण नियन्त्रणमा रूखबिरुवाको महत्वमाथि समेत प्रकाश पारिएको थियो । अन्तरक्रियामा सामाजिक अभियन्ताहरु नवराज काफ्ले, मधु ढुंगेल, नरेश रंजित, बिभिन्न संघसस्थाका प्रतिनीधि एवं सरकारी कार्यालयका प्रमुखहरु लगायत सहभागी रहेका थिए ।

    भक्तपुर सिडिओ खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघको तर्फबाट बोल्दै सचिव संजीप घिमिरे शुभचिन्तकले वायु प्रदूषण न्यूनीकरणका लागि स्थानीय सरकार, सरोकारवाला र विज्ञसहितको अधिकार सम्पन्न अध्ययन टोली बनाउनुपर्ने आवश्यकता औल्याउदै त्यसको प्रतिवेदन कार्यान्वयन गर्ने इच्छाशक्ति हुनुपर्नेमा जोड दिएका थिए । उनीसंगै अध्यक्ष जगत प्रजापति र उपाध्यक्ष लिला श्रेष्ठ लगायत सहभागी रहेका थिए ।

    कार्यक्रमको औचित्व र महत्व माथि प्रकाश पार्दै सिडिओ रिजालले वायु प्रदूषणको अवस्था र त्यसको कारण र न्यूनीकरणका उपाय सुझाउन एउटा विशेष समिति(कार्यदल) बनाइने उद्घोष गरे । विज्ञसहित जिल्लाका चारै वटा वटा स्थानीय सरकार प्रमुख र सरोकारवाला सम्मिलित विशेष समिति बनाइ यसको दीर्घकालीन समाधान खोजिने र भक्तपुरमा स्वच्छ वायु र स्वस्थ जीवन प्रवर्द्धन गरिने उनले प्रतिवद्धता प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...