News Portal

  • नमस्कार नगर्नेलाई खोजीखोजी सुबिधाबाट बन्चित गर्दै वडा सचिव राउत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७९
    ५२८ पटक
    भक्तपुर, १७ फागुन २०७९

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अपारदर्शी ढंगले बिउबिजन वितरण भएको पाइएको छ । वडाले कुनै मापदण्ड नबनाई मनोमानी बिउबिजन वितरण गरेको पाइएको हो ।

    वडा कार्यालयले स्थानीयलाई बिउबिजन बाडेको सुनेर कार्यालयमा गएका मानिसहरुलाई वडा सचिव कुमार राउतले अभद्र व्यवहार गरेको समेत स्थानीयले आरोप लगाएका छन् । स्थानीय समेत रहेका वडा प्रशासकीय प्रमुख रहेका सचिव राउतले आफ्ना नातागोता र भनसुनका मानिसलाई मात्र बिउ दिने गरेको उनीहरुको आरोप छ ।

    बिउ लिन वडा कार्यालय पुगेका स्थानीयलाई वडा सचिव राउतले बिउ नदिएपछि बिउ भए नभएको अवस्था र पाउनेहरुको विवरण माग गर्दा अभद्र व्यवहार गरेको एक स्थानीय युवाले  गुनासो गरेका छन् । सचिव राउतले अख्तियारले मात्र विवरण माग गर्न सक्ने भन्दै अभद्र व्यवहार गरेका हुन् ।

    वडा सचिव कुमार राउत र वडाध्यक्ष शिवराम राउत दाजुभाइ हुन् । आफ्नै भाइ वडाध्यक्ष भएकाले सचिव राउतलाई कसैको डर नभएको र आफू मनोमानी गर्दै हिड्ने गरेका स्थानीयले गुनासो गर्दै आएका छन् । सचिव राउतले आफूलाई नमस्कार नगर्ने मानिसलाई खोजीखोजी वडाले दिने सुबिधा बाट बन्चित गर्ने गरेका बताइएको छ ।

    उक्त वडा नगर प्रमुख बासुदेव थापाको समेत वडा हो । बिभेद्पूर्ण बिउबिजन वितरण हुँदा पनि नगरपालिकाले कुनै सुनुवाई वा अनुगमन भने गरेको छैन । जसकारण नगर प्रमुख प्रति पनि स्थानीय असन्तुष्ट बनेका छन् ।

    सूर्यविनायक नगरपालिकाका गुनासो सुन्ने अधिकारी राजेन्द्र प्रसाद नेपालले यसबारे नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अवगत गराउने प्रतिक्रिया दिएका छन् ।

    खण्डन सम्बन्धमा
    बुधवार प्रकाशित यस समाचारको वडा प्रशासकीय प्रमुख कुमार राउतले खण्डन गरेका छन् । बिहीवार पत्राचार गर्दै उनले समाचारको खण्डन गरेका हुन् ।

    बुधवार वडा कार्यालयले तरकारीको बिउ वितरण गर्दा कुनै आफूले कुनै कमजोरी नगरेको भन्दै उनले समाचार प्रति दु:ख व्यक्त गरेका छन् । सीमित बिउ भएकोले सबैलाई दिन नसकिएको र पहिला आउनेलाई प्राथमिकता क्रममा राखी वितरण गरिएको उनको जिकिर छ ।

    सीमित श्रोतका कारण सबै किसानलाई सम्बोधन गर्न नसकिएको जानकारी गराउदै उनले बिउ नपाउदा किसान रुष्ट हुनु स्वभाविकै भएको भनेका छन् । सीमित रुष्ट भएका लाभग्राहीहरुको हवाला दिदै प्रेषित समाचार भ्रामक भएको उनको भनाइ छ ।

    यसले इज्जत प्रतिष्ठामा आँच आएको भन्दै उनले आगामी दिनमा कार्यालयसंग समन्वय गरी समाचार प्रेषित हुने अपेक्षा गरेका छन् । हेर्नुस खण्डनको पूर्णपाठ : सम्पादक

     

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...