News Portal

  • विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदले रोकेको भन्ने हल्ला झुटो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७९
    २८७ पटक
    भक्तपुर, १७ फागुन २०७९

    फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदले रोकेको भन्ने समाचारप्रति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचार झुटो भन्दै खण्डन गरेको हो।

    खाद्य पदार्थको गुणस्तर सम्बन्धमा बनेको खाद्य ऐन, २०२३ मा व्यवस्था भए अनुरूप नेपालभर उत्पादन, आयात, निर्यात एवम् बिक्री वितरण हुने खाद्य पदार्थका लागि मापदण्डलाई आकर्षित गर्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ : ‘सो प्रस्ताव कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभइ WTO को प्रावधान अनुरुप खाद्य ऐन, २०२३ मा व्यवस्था भए अनुरुप खाद्य ऐन, २०२३ बमोजिम नेपालभर उत्पादन, आयात निर्यात एवं बिक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुने व्यहोरा अनुरोध छ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरकारी किसान र विषादीको विषयमा ध्यानाकर्षण भएको भन्दै नयाँ प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिइसक्नु भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालयले नयाँ प्रस्ताव तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

     

    iii

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...