News Portal

  • नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा भाजुपोखरीको स्थलगत निरीक्षण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ फागुन २०७९
    ४२३ पटक
    भक्तपुर, १९ फागुन २०७९

    नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं। १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । विहिबार अध्यक्ष बिजुक्छेँले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका हुन् ।

    निरीक्षणका क्रममा उहाँले भने, ‘लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय छ ।’ अध्यक्ष बिजुक्छेँले २०२०/२१ सालदेखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्ध रुपमा उत्खनन् कार्य सुरु भएको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अंग भएको हुँदा सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिएका छन् ।

    मानव सभ्यताको विकास र महत्वबारे बुझ्न यस्ता प्राचीन सम्पदाहरूको संरक्षणमा सम्बन्धित निकायले संवेदनशी भएर जगेर्ना गर्नु आवश्यक रहेको बताउँदै उनले भने, ‘हाम्रो देशको इतिहास अरुले नभई हामी आफूले लेखेको हुनुपर्छ । इतिहास र भूगोलविनाको शिक्षा अपूर्ण र अधुरो हुन्छ ।’ उनले विद्यालय र कलेजहरूमा देश विदेशका इतिहास र भूगोलबारे अनिवार्य रुपमा पठन पाठन गराउनुपर्ने तर्क राखे ।

    उनले भने, ‘सबै कुराको लिपिबद्ध गर्दै लग्यो भने मानव सभ्यताको विकास बुझ्न सहज हुन्छ ।’
    सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरी पुनःनिर्माणको लागि विज्ञसहितको समिति गठन गरी समितिबाट प्रस्तुत प्रारम्भिक प्रतिवेदनकै आधारमा पुनःनिर्माणको कार्य थालनी भएको बताए ।

    उनले भाजु पोखरीको दक्षिणतर्फको बाटो खुल्ला गर्ने विषयमा भक्तपुर क्याम्पस र त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी छलफल गरिरहेको बताउँदै भाजु पोखरी पुनःनिर्माण सँगै यो ठाउँ देशकै सुन्दर ठाउँको रुपमा विकास हुने विश्वास व्यक्त गरे । पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको र पोखरीमा पानी भर्ने कार्यसँगै छिटै सर्वसाधारणको लागि पोखरी खुल्ला हुने बताउँदै उनले पोखरी पुनःनिर्माण र जीर्णोद्धारमा सहयोगी भूमिका खेलेका सबैमा धन्यवादज्ञापन गरे ।

    पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘भाजु पोखरीको इतिहासमाथि विश्लेषण गर्दै भाजु पोखरी भक्तपुरको मात्र नभई नेपालकै प्राचिन सम्पदाको रुपमा रहेको र यसको पुनःनिर्माण उत्खनन्को समयमा प्राप्त प्रमाणकै आधारमा भएको हो ।’ भाजु पोखरी काठमाडौंको रानी पोखरीबाट प्रभावित भएर भाजु कसले बनाएको किंबदन्ती भए पनि भाज्या पखेरी काठमाडौंको रानी पोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिन आएको बताउँदै उनले भाजु पोखरी पुनःनिर्माणसँगै भक्तपुरको गौरवलाई अझ बढाउने जानकारी दिए ।

    निरीक्षणमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, भनपा वडा न. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठ, पुरातत्व विभाग भक्तपुरका अरुणा नकर्मी, भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, पत्रकार र उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...