News Portal

  • भक्तपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु, नसर्ने रोगको निशुल्क परीक्षण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ फागुन २०७९
    ६३९ पटक
    भक्तपुर, २१ फागुन २०७९

    बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।

    आइतवार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालमा नसर्ने रोग पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा सरिक हुन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार एवं भक्तपुरका युवा नेता डिपी ढकाल र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख चन्देश्वर श्रेष्ठ समेत आएका थिए ।

    कार्यक्रममा प्रदेश सभा सदस्यहरु किरण थापामगर, सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभन्डारी, देवेन्द्र श्रेष्ठ दिवाकर, भुवन केशरी श्रेष्ठ भावना र धनेश्वरी प्रजापति त्यसैगरी भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, भक्तपुर सिडिओ खगेन्द्रप्रसाद रिजाल, शसस्त्र प्रहरी बलका डिएसपी यदु कार्की र वडाध्यक्ष श्याम कृष्ण खत्री लगायतको सहभागिता रहेको थियो ।

    उक्त अवसरमा प्रदेश सरकारका स्वास्थ्य मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन लागिपरेको जानकारी गराएका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन प्रदेश सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको उनले प्रष्ट पारे ।

    मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रदेशबासीको स्वास्थ्य सेवाको लागि महत्वपूर्ण कार्यक्रम रहेको भन्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गरेको दावी गरे ।

    प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु ४ अर्ब ९८ करोड २३ लाख रुपैया खर्च गर्ने लक्ष्य लिएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिएका छन् । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तरगत बिपन्न नागरिकलाई उपचार गर्न सहयोग पुर्याउने उद्देश्य सहित रु १२ करोड ५० लाख र निशुल्क दिइने औषधी र उपकरण खरिद्का लागि १६ करोड १७ लाख बिनियोजन गरिएको उनको भनाइ छ ।

    कार्यक्रममा भक्तपुरका नेता समेत रहेका नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पताल सुबिधा सम्पन्न बनाउने योजनाहरु बनाउन आग्रह गर्दै त्यसका लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता पनि प्रकट गरे । भक्तपुरको स्वास्थ्य सेवाको अवस्थालाई थप सुदृढ गर्न अस्पतालहरुलाई एकीकृत गरी स्वास्थ्य बिज्ञान प्रतिस्ठान बनाएर अघि बढ्नुपर्ने आवश्यकता समेत उनले औल्याएका छन् ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक अस्पतालहरु जनताको अस्पतालको रुपमा सञ्चालित हुनुपर्नेमा जोड दिँदै नेपालले क्युवा बाट सिक्नुपर्ने बताए । आफ्नो नगरपालिकालाई डाक्टर उत्पादन गर्न नदिए पनि नर्स उत्पादन गरी घरघरमा नर्सिङ्ग सेवा पुर्याइरहेको उनको भनाइ छ ।

    सफल नेतृत्वले संस्थालाई सफलतातिर डोर्याउने कुराको ज्वलन्त उदाहरणको रुपमा भक्तपुर अस्पताल स्थापित भएको उदाहरण दिदै उनले भौतिक संरचनाले मात्र नभई दक्ष जनशक्ति र दृढ इच्छाशक्तिले सफलता प्राप्त हुने प्रष्ट पारे । उनले भक्तपुर अस्पताललाई अझ उचाइमा पुर्याउन आवश्यक सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले संघीयताका कारण भक्तपुर अस्पतालले काचुली फेरेको बताए । देशकै दोश्रो जेठो अस्पताल भएर पनि भक्तपुर अस्पतालमा ११७ वर्षपछि मात्र आइसीयु एचडीयु लगायत सुबिधा प्राप्त भएको भन्दै उनले रिफर सेन्टरको रुपमा बद्नाम अस्पताल प्रादेशिक संरचना र अस्पतालको नेतृत्वका कारण प्रदेशकै उत्कृष्ट बन्न सकेको उल्लेख गर्दै यसको अझ बिकासका लागि महासंघले आवश्यक सहयोग र खबरदारी गरिरहने बताए ।

    भक्तपुर अस्पतालकी प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले क्यान्सर, मुटु, कलेजो, मृगौला लगायत नसर्ने रोगको जोखिमबाट मानिसलाई बचाउन मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लाभदायक हुने दावी गरेकी छन् । यसमा सहभागी हुन नसर्ने रोग लागेको यकिन नभएका ३० वर्ष माथि उमेर रहेका प्रदेश भित्र बसोबास गर्ने प्रदेशबासी हुनुपर्ने उनले बताइन । वडा वा स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा अथवा आफू बिपन्न भएको स्वघोषणा गरी अस्पातल आएका प्रदेशाबासी नागरिकलाई निशुल्क सेवा उपलब्ध गराउने उनले जनाएकी छन् ।

    मेसु डा गौतमले क्यान्सर, मुटु, मृगौला,स्नायु लगायत नसर्ने रोग लागेको पाइएमा थप उपचारका लागि भक्तपुर अस्पतालको सिफारिसमा बागमती प्रदेश सरकारले आर्थिक सहायता स्वरुप १ लाख रुपैया सम्म उपलब्ध गराउने जानकारी गराएकी छन् ।

    उद्घाटन समारोह कार्यक्रमका सभापति एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायष्ठले अस्पताल बिकासबाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेकोले अस्पताल परिवारलाई एकताबद्ध गरी थप बिकासको उचाइमा पुर्याउने प्रतिवद्धता प्रकट गरे । अस्पताल सबैको साझा सम्पति भएकाले तीनै तहका सरकारका साथै स्थानीय जनसमुदायको आवश्यक सहयोग र प्रेरणा प्राप्त हुने उनले बिश्वास व्यक्त गरेका छन् ।

     

    कार्यक्रममा अस्पतालको बारेमा निष्पक्ष रहेर निरन्तर समाचारमार्फत सहयोग र खबरदारी गर्दै अस्पतालको बिकासमा सहयोग गरेको भन्दै ५ पत्रकारलाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव समेत रहेका भक्तपुर पोस्टका सम्पादक संजीप घिमिरे शुभचिन्तक त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकारद्वय राससकर्मी रमेश गिरी र नेपाल समाचार पत्रका सम्वाददाता पुष्करराज बुढाथोकी रहेका छन् ।

    मजदुर दैनिकका सम्पादक प्रकाश श्रेष्ठ र कैलाश खबरका सम्पादक बिनोद बिकलाई पनि सम्मान गरिएको छ । पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    त्यस अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, अस्पतालका पूर्व अध्यक्ष मिलन सुवाल, डाक्टरहरु सुनिल ढुङ्गेल, डा. मधु पाण्डे, डा. निर्मल श्रेष्ठ, डा. देवेन्द्र भट्टराई, डा. रन्जिस पहाडी, डो कविता मानन्धर, डा. मञ्जु बज्राचार्य, डा. सुरज धौभडेल, अभिनास कायस्थ, नर्सिङ्ग व.अधिकृत रोशनी श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।


    त्यस्तै स्वास्थ्यकर्मी एवं कर्मचारीहरु कविता प्रधान, कृष्णप्रसाद आचार्य, हरिप्रसाद कोजू, ममता थापा, प्रियंका कुमारी भगत, कल्पना कायस्थ, रेसु कार्की, न्हुच्छे लघु, सुनिता न्यौपाने, सुनिता श्रेष्ठ, तारा रिजाल, प्रतिभा भुसाल, बुद्धिबहार महर्जन, सन्तमाया श्रेष्ठ, राजु माक तथा आरएनए ग्रुपका अरुण सैजू र राजेश गाइजूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रमको संचालन अस्पतालकी व्यवस्थापक प्रकृती आचार्यले गरेकी थिइन् ।

     

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...