News Portal

  • उपत्यकामै पहिलो पटक भक्तपुरमा भेटियो भुई रबिन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ फागुन २०७९
    ५१० पटक
    sanjay thaभक्तपुर, २४ फागुन २०७९

    काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा सानो कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो ।

    वन्यजन्तु र चराप्रेमी फोटोग्राफरसञ्जय था श्रेष्ठले मनोहरा मिनी कोशी टप्पुमा बुधवार उक्त थ्याम श्वेत भुई रबिन चरा अभिलेखिकरण गर्न सफल भएका हुन् । उनको टोलीमा चराप्रेमीहरू कुर्वान मनसुरी र आयुशा पौडेल समेत सहभागी थिए ।

    नेपालमा रैथाने नमानिने यस चरा श्रेष्ठले उपत्यकामा पहिलो पटक आफ्नो क्यामरामा कैद गर्न सफल भएको बताए । करिव ६ सय भन्दा बढी विभिन्न प्रजातिका रैथाने र आगन्तुक चरालाई आफ्नो क्यामरामा कैद गर्न सफल भइसकेका श्रेष्ठले थ्याम श्वेत भुई रबिन चरालाई पनि कैद गर्न पाउनु फोटोग्राफी करियरकै अर्को उपलब्धी भएको जानकारी गराए ।

    यो चरा पहिलो पटक सन १९८५ जनवरी ११ मा टिम एन्ड्रयुद्वारा उपल्लो काली गण्डकी उपत्यकामा पहिलो पटक भेटाएको अभिलेख छ । त्यस पश्चात सन् १९९३ मा नाइजेल रेडमेनले लाङटाङ नेशनल पार्कमा दोस्रो पटक भेटाएका थिए भने सन २०१८ मा उदयपुरको कटारीमा अनिश तिम्सीनाले भेटाएको अभिलेख रहेको छ । यो चरा अजरबैजान, चीन, चाड, इजिप्त, इथियोपिया, भारत लगायतका दर्जनौ देशहरूमा पनि पाइने गर्दछ ।

    मनोहरा टतिय क्षेत्र पछिल्लो समय चरा अनुसन्धानकर्ता तथा बर्ड फोटोग्राफरहरूका लागि बिशेष आकर्षणका रूपमा रहंदै आएको छ । सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले यसअघि पनि यस क्षेत्रमा थुप्रै लोपोन्मुख रैथाने तथा आगन्तुकचराहरूको अभिलेखिकरण गरिसकेको छ ।

    बढ्दो शहरीकरण र प्रदुषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाईने गरिएका चराहरू देखिन छाडेको श्रेष्ठले जनाएका छन् । गत पुसमा श्रेष्ठ नेतृत्वको टोली मनोहरा क्षेत्रमा चरण गणना गर्दा ८० विभिन्न प्रजापतिका चरा अभिलेखिकरण गरिएको थियो ।

    बढ्दो मानवीय गतिविधि, अब्यबस्थित शहरीकरण, बालुवा चोरी तस्करी, प्रदुषणका कारण चराको आहार र बासस्थानमा आएको कमीकारण सो क्षेत्रमा चराको संख्यामा कमी आएको श्रेष्ठको विष्लेषण रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...