News Portal

  • सहकारीका समस्या माथि मन्थन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ फागुन २०७९
    १८८ पटक
    भक्तपुर, २४ फागुन २०७९

    राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवादव्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएका छन् ।

    कार्यक्रममाबोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाखतोक्नलागेको प्रति चिन्ता व्यक्त गरे ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए ।
    ‘देशमाआर्थिक समस्यामाआइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्याआइरहेको हो ?किनवित्तीय सुशासन छैन ? सरकारको ध्यानजानु जरुरी छ’ सभामुख घिमिरेले भने, ‘सरकारले आवश्यककानुनकालागितयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’

    सोही अवसरमा सभामुख घिमिरेले सहकारी गाउँगाउँमागरिब किसानहरुको साना सानापुँजी संकलन गरेर वित्तीयउपार्जनमालगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्वभएको बताए । ‘उत्पादन, रोजगारीबाट गरिबी हटाइ समाजवाद उन्मुख समाजवाद स्थापना सहकारीबाट हुने भएकाले यसतर्फ सरकारको यथोचितध्यानपुगोस् भन्ने मलाई लाग्छ’उनले भने, ‘तर पछिल्लो समय सहकारीको माध्यमबाट ठगीगर्ने प्रवृति बढ्दै गएका भन्ने गुनासाहरु सुनिराखेका छौं । यस्तो कार्याललाई नियन्त्रणगर्न आवश्यक छ । सरकारले यसको अनुगमन गर्नुपर्यो रदेखा परेका समस्या समयमै समाधानगर्नुर्यो’ उनले भने ।
    सोही अवसरमा सभामुखघिमिरेले ७खर्ब भन्दाबढी रकम परिचालनगर्ने सहकारीलाई व्यवस्थि तगर्न छुट्टै ऐन आवश्यकभएको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमा यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्न सके त्यो सीमा हट्न सक्ने समेत बताए ।

    कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्षएवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताए । कुनै पनि समुदायपछि पर्न नहुने र त्यसकालागि सहकारीले सहयोग गर्नुपर्ने उनले बताए ।
    ‘सहकारीमा गैरकानुनीमुद्राप्रयोग होस् भन्ने हामीपनिचाहदैँनौं, सहकारीमाकालोधन छ भन्ने भ्रमफिजाइएको छ’उनले भने, ‘सहकारीको मूल्य, मान्यतामानचलेका सहकारीमा समस्याआएको हो । सहकारीमा २५ लाखको सीमाकुनै पनिकारणले उचितछैन यसको कार्यान्वयनहामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस्’ उनले भने ।
    जहासम्म सहकारीमा समस्याको विषय छ, संघ संस्थाहरु ऐन नियम, विनियमअनुसार चले समस्यानआउने बताउँदै उनले त्यसकालागि संघ संस्थाकाव्यवस्थापकहरु चनाखो हुनुपर्नेबताए ।

    यस्तै भनाई राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको पनि रहेको छ । स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको बताउँदै सहअध्यक्ष दवाडीले सहकारी नचलाई बैंकसँग प्रतिष्पर्धा गर्नेहरु समस्यामा फसेको बताए । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले बढी जिम्मेबार हुनुपर्ने उनको भनाइ छ ।
    ‘उद्यमी बन्न ऋण प्राथमिकतादिनुपर्छ, घरघडेरीमा ऋण दिन कडाइ गर्नुपर्छ । चलायमानहुने ठाउँमा मात्र ऋणदिए आर्थिक रुपान्तरण हुने हो । तर,अधिकांश संघ संस्थाले घडेरीमा ऋणलगानी गरेका छन्, कतिपय सहकारी आफैले घडेरी किनलेकाले समस्या आएको हो’ उनले भने ।
    बचतमा क्यापिङको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दवाडीले भने, ‘समस्या बचतमा होइन व्यवस्थापनमा हो । यसो हो भने बचतमा मात्र किन ऋणमा पनि क्यापिङ गरौं ।’ सहकारीमा २५ लाखको सीमा हटाउन माग गरे ।

    तर, सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या छैन हुँदैन भन्ने ग्यारेन्टीभएबचतको सीमामापुनरविचार हुन सक्ने भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताए ।‘सहकारीमा केहीचुनौती थपिएका छन् । सहकारी तीन तहमा गएपनि तल संरचना बन्न नसक्दा समस्याआएको हो’ सचिव रेग्मीले भने, ‘कोभिडकाकारण समग्र वित्तीय क्षेत्र नै आक्रान्तबन्दा समेत सहकारीमाअसर परेको छ । सहकारीकर्मीहरु सचेत भए वित्तीय सुशासन कायम गर्ने हो भने समस्या आउँदैन’उनले भने ।
    सोहीअवसरमा सचिव रेग्मीले सहकारी ऐनलाई पनिजतिसक्दो चाढो ल्याउनुपर्ने बताए ।

    सोही कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरहेको बताए । सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको उनको भनाइ छ ।

    ‘सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ, ती सहकारी होइन, बदनामगरिरहेकाछन्’ उनले भने । देशैभरी सेवा केन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौं बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थ अनुकुल खोलिएका कम्पनीमालगानी गर्दा समस्या आएको उनले बताए । विश्वमै आएको समस्या नेपालीवित्तीय क्षेत्रमा पर्नुु स्वभाविक भएपनि सहकारीमा त्यसको असर नपरेको उनले बताए ।

    सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशत भन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उनले बताए । सिइओ भ्रष्ट भए, सहकारी बदनाम हुन्छ । सञ्चालकमा राजनीति हुन्छ । कर्मचारीमा विज्ञता हुन्छ, निर्णयमा सहयोग गर्ने र कार्यान्वयन गर्ने हो’उनले भने ।
    नेपाल बचत तथाऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) काअध्यक्ष परितोष पौडेलले सहकारीका चालक (व्यवस्थापक) हरु सक्षम भए संस्थाहरु दुर्घटनामा नपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...