News Portal

  • सूर्यविनायक धुलिखेल सडकका ७१ घर भत्कने र मन्दिर सारिने : निर्माण सहजीकरण गर्न समिति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ चैत २०७९
    ५११३ पटक
    भक्तपुर, १ चैत २०७९

    सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो ।

    निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउदै आपसी सहयोग र समन्वयको आवश्यकता औल्याएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाइमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी रिजालले सम्भावित समस्याहरुको पहिल्यै हल खोज्नुपर्ने प्रष्ट पारेका छन् ।

    \बैठकमा योजना प्रमुख राजेन्द्रप्रसाद दासले योजनामा केहि व्यवहारिक कुरा फेरबदल गर्न सकिने संकेत गर्दै स्थानीय प्रशासन, जनप्रतिनिधि र जनसमुदायको आवस्यक सहयोग रहने बिश्वास व्यक्त गरेका छन् ।

    ठेक्का पाएको कम्पनी आसिस कुमार श्रेष्ठ बन्दन भगवती जेभीले जनाए अनुसार सडक निर्माणमा पाँच सय रुख कटान भएका छन् भने ७१ घर भत्काउनुपर्ने छ । सडकमा केही मन्दिर समेत पर्ने भएकाले त्यसलाई स्थानान्तरण गर्नु पर्ने बताइएको छ । ठेकेदार कम्पनीका प्रतिनिधिले निर्माण प्रयोजनका लागि करिब ८ लाख घनमिटर माटो आवश्यक पर्ने त्यसैगरी क्रसर चलाउनुपर्ने लगायत प्रयोजनका लागि जग्गा समेत आवश्यक भएको भनेको छ । कम्पनीले दिउँसोको समयमा पनि कम्पनीका निर्माण सामाग्री बोकेका टिपर चलाउन पाउनुपर्ने माग गरेको छ ।

    उक्त अवसरमा भक्तपुर वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले अहिले नै योजनामा सडक बीच राखिने पुलहरु निश्चित हुनुपर्ने, सडक बत्ती प्रभावकारी पारिनुपर्ने, धुलो नियन्त्रणको व्यवस्था हुनुपर्ने लगायत प्रस्ताव गरेका थिए । त्यसैगरी सूर्यविनायक वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले सार्वजनिक सुनुवाई गरेर मात्र काम थाल्नुपर्नेमा जोड दिए ।

    बैठकमा सडक प्रभावित क्षेत्रका वडाध्यक्षहरु उपेन्द्र सुवाल, भगवान खत्री,शिवराम राउत लगायत उपस्थित रहेका थिए । बैठकमा भक्तपुर एसपी प्रजित केसी सशस्त्र प्रहरी बल भक्तपुर प्रमुख दिनेश महत, उप अनुसन्धान निर्देशक प्रकाश आचार्य, इन्द्रबक्स गणका सेनानी काजी बोहोरा लगायत लगायत सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु समेत सम्मिलित रहेका बताइएको छ ।

    बैठकले छ लेन सडकमा देखिएका समस्याको अनुभवबाट सिकेर अब बन्न शुरु भएको सूर्यविनायक सागा धुलिखेल छ लेन सडकलाई ढल, बत्ती, हरियाली र सुरक्षा मापदण्ड लगायतमा थप व्यवस्थित बनाउने निष्कर्ष निकालेको सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी दिएका छन् । सडक निर्माणलाई सहजीकरण र समन्वय गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्षका साथै योजना, ठेकेदार कम्पनी, नागरिक समाज, पत्रकार सहित सरोकार वाला सम्मिलित एक निर्माण सहजीकरण एवं समन्वय समिति गठन गर्ने समेत बैठकले निर्णय लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...