News Portal

  • नदी प्रदूषणले र्‍याफ्टिङ व्यवसाय धराशायी बन्दै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ चैत्र २०७९
    १९२ पटक
    भक्तपुर, ३ चैत्र २०७९

    दुई दशक अगाडिसम्म त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न पालो पाउन मुस्किल हुने समय थियो । सशस्त्र द्वन्द्वपछि बिस्तारै ओरालो लागेको यस क्षेत्रको आकर्षक सामान्य उत्साह भन्दा बाहेक राम्रो सुधार हुन सकेन ।

    र्‍याफ्टिङको लागि प्रख्यात नदीहरूमा हुने प्रदूषण, नेपालमा विदेशीको पर्यटकको संख्यामा कमी आएसँगै यस क्षेत्रमा आबद्ध भएका पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । २०६२/०६३ को जनआन्दोलनपछि आएको परिवर्तनले स्थानीय स्रोत साधनको अधिकार स्थानीय सरकारलाई दिएपछि नदीको दोहन अझ वृद्धि भएर गएपछि र्‍याफ्टिङ क्षेत्रले झन् समस्या झेल्दै आएको छ ।

    त्रिशूली नदीमा र्‍याफ्टिङ पेसामा ४० वर्षदेखि आबद्ध हुनु भएका कमल ठकुरीले भने, ‘ अहिले यो पेसा छाडौँ कि सम्हालौँ भएको छ । म यस क्षेत्रमा लागेको समयमा आकर्षण तीव्र थियो, नदी कञ्चन थिए, विदेशी पर्यटकले खचाखच हुने गरेको थियो अहिले त्यो अवस्था छैन ।’

    कोरोनापछि विदेशी पर्यटकको संख्या न्यून छ । स्थानीय तहले अधिकार पाएपछि कमाउने प्रमुख स्रोतको रूपमा नदीको बालुवा गिटी मानेपछि त्यसको कारण नदी प्रदूषण हुन पुगेको छ । यसले गर्दा र्‍याफ्टिङ गर्न आउने पर्यटकहरू कमी भएका छन् । पानी नै धमिलो हुने, झुक्किएर पानी पिउँदा बिरामी पर्ने, नदीमा पाइने माछालगायतको प्राणी लोप भएर जाने भएपछि र्‍याफ्टिङ पेसाबाट पलायन हुने संख्या बढेको उनले बताए ।

    र्‍याफ्टिङका लागि नेपालमा नदीहरूमा प्रमुख त्रिशूली, भोटेकोसी, कालिगण्डकी, सेती, सुनकोसी लगायतको नदी प्रख्यात छ । ती सबै नदी प्रदूषणको मारमा परेको नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी नाराका अध्यक्ष शिव अधिकारीले बताए । साहसिक खेलहरू मध्य सबैभन्दा धेरै रुचाइएको र्‍याफ्टिङ गर्नका लागि विदेशीहरू नेपाल आउने गरेका थिए । प्रकृतिसँग रमाउँदै दिनभरि र्‍याफ्टिङ गर्ने, नदी किनारमा पकाएर खाने, शान्त वातावरण बस्ने विदेशीको हुने गरेकाले यस क्षेत्र आकर्षित थियो ।

    तर अहिले नदी प्रदूषण हुने, विदेशी पर्यटकलाई नेपाल सुरक्षित छ घुम्न जानु पर्छ भनेर ल्याउने वातावरण नबनाउँदा र्‍याफ्टिङ क्षेत्रबाट उठ्ने राजश्व समेत राज्यले गुमाउँदै गएको अध्यक्ष अधिकारीले जनाए । दुई दशक अगाडि मात्र एक सय १३० वटा संस्था र्‍याफ्टिङ क्षेत्र सँग सम्बन्धित रहेका थिए । अहिले त्यो घटेर ७५ वटामा सीमित भएको नाराले जानकारी दिएको छ । यस क्षेत्रमा लागेका गाइड तथा प्राविधिकहरू रोजगारीको लागि विदेश पलाएन भएका छन् ।

    साहसिक र्‍याफ्टिङ गतिविधिहरूको लागि राज्यले १६ नदीहरू छुट्टाइएको छ । ती नदी किनारमा पर्यटन व्यवसायीले रिपोर्ट होटेलको लागि लाखौँ लगानी गर्यो तर राज्यले जहाँ मन लाग्यो त्यही जलविद्युत बाँधको लाइसेन्स दिएपछि र्‍याफ्टिङ पर्यटन क्षेत्रलाई असर पर्न गयो नाराका अध्यक्ष अधिकारीले बताए । स्थानीय निकायलाई सबै शक्ति दिएको कारण पनि अहिले नदी प्रदूषण, वातावरण विनाश, नदी कटानसहित वर्षौँदेखिको पर्यटन व्यवसाय धराशायी हुन पुगेको उनको भनाइ छ ।

    र्‍याफ्टिङ एजेन्सी नाडाले विदेशी पर्यटक नेपाल भित्राउनको लागि अमेरिका, युरोपका देशहरू, अस्ट्रेलिया, जापानलगायतमा गैर आवासीय नेपाली सङ्घ मार्फत व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै गरी किनारसम्म पुग्ने सडक, शौचालय, लाइफ गार्ड आदि न्यूनतम आवश्यकता पुर्याउन सकेमा पनि पर्यटकको संख्या वृद्धि हुने नाराको भनाइ रहेको छ । र्‍याफ्टिङका लागि ८० मिटरदेखि १२ सय मिटरसम्मको उचाइमा राम्रो मानिन्छ  । नेपालमा निर्माण भइराखेका हाइड्रो ड्याम १२ सय मिटरमाथि गर्नु गरेमा यस क्षेत्रको विकास हुने नाराका अध्यक्ष अधिकारीले बताए ।

    नदी जन्य पर्यटन गतिविधिलाई जोड दिएमा विदेशी पर्यटक भित्राउन सकिने सम्भावना प्रशस्त रहेको चितवन पर्यटन विकास समितिका पूर्व महासचिव विश्व सुवेदीले बताए । विगतमा भएजस्तै गरी र्‍याफ्टिङमा आकर्षण वृद्धि गर्न सकेमा राज्यलाई राजश्व र आर्थिक गतिविधि वृद्धि हुने उनको भनाइ छ । प्राकृतिक स्रोतको संरक्षण सँगै वातावरणलाई असर नपर्ने प्रकारले प्रयोग गर्नु पर्छ भन्नेमा पालिका संवेदनशील भएको चितवनको इच्छा कामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

    ‘विगतमा सिधै त्रिशूली नदीमा फोहोर फाल्ने गरिएकोमा त्यो कार्यलाई रोकेका छौ । फोहोर फाल्ने निश्चित स्थान तोकेका छौ ।’ उनले भन, ‘नदीको प्राकृतिक सुन्दरतालाई फर्काउने प्रयासमा छौ कति सफल भइन्छ ।’ जल पर्यटनको विषयमा गम्भीर भएर लागेको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बताए । नारायणी नदीको संरक्षणका लागि यहाँ मात्र काम गरेर हुँदैन यसको मुहान र बगेर आउने विभिन्न स्थानमा हुने विनाश र प्रदूषणलाई रोक्नु जरुरी छ ।

    नाराका अनुसार यस क्षेत्रमा दश अर्ब लगानी भएको छ । त्रिशूली नदी किनारमा मात्रै सुविधा सम्पन्न ५० वटा होटेल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् । भोटेकोसी र अन्य नदीहरूमा पनि होटेल तथा रिपोर्ट दर्जनौँ सञ्चालनमा रहेको नाराले जानकारी दिएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका...

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...