News Portal

  • निवृत्त राष्ट्रसेवक समाज भक्तपुरको स्वास्थ्य शिविर सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ चैत २०७९
    ८७ पटक
    भक्तपुर, ४ चैत २०७९

    निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

    आम जनसमुदायलाई लक्षित गरी गरिएको शिविरमा एक सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका आयोजकको भनाइ छ । ”शिविरमा १ सय ८ जना महिला–पुरुषहरुले स्वास्थ्य परिक्षण गराउनु भयो ।” समाजका अध्यक्ष मंगलप्रसाद श्रेष्ठले भने ।

    युवा देखि बृद्धबृद्धासम्म हरेक प्रकारको बाथ रोग लाग्ने भएकोले समयमै उपचार गरेमा निको हुने हुँदा स्वास्थ्य शिविरको आयोजना गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    नेशनल बाथरोग सेन्टरको सम्पूर्ण प्राविधिक सहयोगमा संचालन गरिएको कार्यक्रममा बाथ रोग सम्बन्धी जानकारीमूलक पर्चा समेत वितरण गरिएको थियो ।

    प्रत्येक महिनामा विभिन्न ठाउहरुमा शिविर संचालन गर्दै जाने आयोजकले जनाएको छ ।
    समाज निवृत्त भएका कर्मचारीहरुको सामाजिक संस्था हो ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...