News Portal

  • पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७९
    ४३० पटक
    भक्तपुर, ६ चैत २०७९

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका मत नदिएका २ दल मध्ये राष्ट्रिय जनमोर्चाले यसपटक बिश्वासको मत दिएको छ भने नेमकिपा तटस्थ बसेको छ ।

    तथापी यसपटक पनि बिश्वासको मत नदिने दलको संखा भने दुई नै पुगेको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपक्षमा मत लिएका छन् ।

    पहिले सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार दोश्रोपटक विश्वासको मत दिएका हुन् ।

    सोमबार प्रतिनिधि सभामा उपस्थित २ सय ६२ सांसदमा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँए भने नेमकिपाका सांसद प्रेम सुवाल तटस्थ रहे ।

     

     

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...