News Portal

  • लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ फागुन २०७९
    १५२१ पटक
    भक्तपुर, ८ फागुन २०७९

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त क्याफेमा जुवातास खेल्नेखेलाउने सूचनाको आधारमा प्रहरीले छापामारी १६ जनालाई समातेको हो ।

    बुधवार बेलुकी करिब ६ बजेको समयमा छापामार्दा उनीहरुलाई जुवातास खेलीरहेको अवस्थामा रंगेहात समातेको जिल्ला प्रहरी परिसर भक्तपुरका  प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए । उनीहरुको खालबाट १६ बुक तास र ३ लाख बढी नगद बरामद गरिएको बताइएको छ ।

    उक्त क्षेत्र जिल्ला प्रहरी वृत्त थिमीको निगरानीमा रहेको भएता पनि परिसरबाट विशेष फोर्स छापा मार्न पुगेको थियो । पक्राउ परेकाहरु मध्ये १३ जना ४० वर्ष भन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको उक्त क्याफेबाट प्रहरी नियन्त्रणमा पर्नेमा ज्यादातर सिन्धुपाल्चोक र काभ्रेका युवाहरु रहेका छन् । २ जना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।

    पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी आवश्यक अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रजित केसीले पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...