News Portal

  • भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० चैत्र २०७९
    ६३५ पटक
    भक्तपुर, १० चैत्र २०७९

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज अफ ल’ मा नयाँ प्राचार्यहरु नियुक्त भएका छन् । ख्वप कलेज तथा शारदा क्याम्पसमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ‘ख्वप मा.वि.’ तथा ‘शारदा क्याम्पस मा.वि.’ मा लक्ष्मीप्रसाद कर्माचार्य र ‘ख्वप कलेज अफ ल’ मा अधिवक्ता अनिता जधारी प्राचार्यको रुपमा नियुक्त भएका हुन् ।

    नवनियुक्त प्राचार्यज्यूहरूको स्वागत तथा परिचयात्मक कार्यक्रममा कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले प्राचार्य नियुक्ति सम्बन्धमा सञ्चालक समितिको निर्णयबारे जानकारी दिंदै नवनियुक्त प्राचार्यहरुलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

    नेतृत्व व्यक्ति नभई संस्थाको नीतिअन्तर्गत चल्ने संयन्त्र भएको बताउँदै उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले थुप्रै चुनौतीको सामना गर्दै निजी विद्यालय तथा कलेजहरुसँग प्रतिस्पर्धा गर्दै सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिए । २०५६ सालबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरु आज देशकै नमुना कलेजको रुपमा सञ्चालनमा रहेको बताउँदै प्रमुख प्रजापतिले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्ने अधिकार दिनुपर्नेमा जोड दिएका छन् ।

    उनले भने, ‘भक्तपुर नपाले विदेशी सहयोगविना नै अघिल्लो कार्यकालमा १२४ भन्दा बढी सम्पदा पुनःनिर्माण गर्न सफल भएको बताउँदै अरुको भरमा बाँच्ने मानसिकताले हामीलाई परनिर्भर बनाउँदै लान्छ ।’

    त्यस्तै कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न कलेज तथा विश्वविद्यालयहरुले अध्ययन तथा अनुसन्धानमा बढी जोड दिनुपर्ने धारणा राख्दै ख्वप मोडललाई अझ व्यवस्थित बनाई अगाडि बढ्न नपा क्रियाशील रहने बताए । भक्तपुर दरबार क्षेत्रमा अवस्थित कला सङ्ग्रहालय रहेको न्ह्यकं झ्या दरबार प्राप्त प्रमाणको आधारमा मल्लकालीन शैलीमा बनाउनमा भक्तपुर नगरपालिका प्रतिबद्ध भई लागिरहेको उपप्रमुख जोशीले जानकारी दिए ।

    कार्यक्रममा नवनियुक्त प्राचार्यहरु प्रकाश कुमार श्रेष्ठ, लक्ष्मीप्रसाद कर्माचार्य र अनिता जधारीले आफूलाई प्राप्त जिम्मेवारी अग्रजको सल्लाह, सञ्चालक समितिको मार्गनिर्देशन र कलेजमा कार्यरत शिक्षक कर्मचारीहरुको साथ र सहयोगमा कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ख्वप कलेजका पूर्व प्राचार्य एवम् ख्वप कलेज एमबीएसका इन्चार्ज रुपक जोशीले कलेज स्थापनाकालमा आंशिक शिक्षकको रुपमा नियुक्ति भई, एमबीएस इन्चार्ज, उपप्राचार्य हुँदै १४ वर्ष भन्दा बढी समय ख्वप कलेजको प्राचार्यको रुपमा जिम्मेवारी बहन गरेको स्मरण गर्दै आगामी दिनहरुमा पनि ख्वप कलेजको समग्र विकासमा निरन्तर प्रतिबद्ध भई लाग्ने बचनबद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् कलेज सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले पनि प्राचार्यहरुको भूमिकाबारे प्रष्ट पारेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...