News Portal

  • गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    भक्तपुरपोष्ट संवाददातासनोठिमी, १३ चैत २०७९
    १३१४ पटक
    सनोठिमी, १३ चैत २०७९

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष निमप्रकाश राठौर उपसचिवमा बढुवा भएपछि समिति पुनर्गठन गरिएको हो ।

    केन्द्रीय सचिव श्रीहरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सानोठिमीमा सम्पन्न बिशेष सम्मेलनले गोपाल नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ शिक्षा विभागीय कार्यसमिति चयन गरेको बताइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत अधिकृत गोपाल नारायण श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

    कार्यसमितिको उपाध्यक्षहरुमा प्रकाश खरेल र अवार लामा रहेका छन् । त्यसैगरी सचिवमा तारा पाण्डे, सह सचिवमा सरस्वती गुरागाईं र कोषाध्यक्षमा खिलनारायण श्रेष्ठ रहेका छन् । सम्मेलनले निवर्तमान उपाध्यक्ष खिलानाथ धमला र उषा लामिछाने लाई केन्द्रीय प्रतिनिधि चयन गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यसमितिको सदस्यहरुमा भने रेणुका अधिकारी, शुष्मा ओली, सरस्वती भट्टराई, लक्ष्मी भण्डारी, राधा ओली, शोभा गाहमगर, वालकृष्ण सिंखडा,जीवन नेपाल, साधुराम पौडेल, ओम बिक, युद्धबहादुर सुवेदी, युवराज अधिकारी, राजन थापा र मिना थापा रहेका नेराकस(निजामती) ले जनाएको छ ।

    सिंगो कार्यसमिति नै निर्विरोध भएको बताउदै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पेशागत हकहित र ट्रेड युनियन अधिकारको लागि मात्र नभई देशको शैक्षिक बिकासका लागि समेत कार्यसमितिले रचनात्मक भूमिका खेल्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    सानोठिमीमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सचिव श्रीहरि श्रेष्ठले संघीय शिक्षा ऐन र संघीय निजामती सेवा ऐन यथाशिघ्र जारी गर्न सरकारलाई संगठनले घच्घच्याइरहेको जानकारी गराए । ऐनका लागि संगठनले रचनात्मक सुझाव दिएको र त्यसलाई सम्बोधन गरेर ऐन जारी गर्ने आश्वासन पाएको उल्लेख गर्दै सचिव श्रेष्ठले परिवर्तनका नायक प्रचण्डको नेतृत्वमा सरकार रहेकाले देशको शिक्षा र कर्मचारीतन्त्रमा सकारात्मक परिवर्तन एवं बिकाशका लागि उलेख्य कार्यहरु हुने बिश्वास व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...