News Portal

  • नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    कृष्ण भट्टराई भक्तपुर, १४ चैत्र २०७९
    २८५ पटक
    भक्तपुर, १४ चैत्र २०७९

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको स्थिती अहिले घटेर ०.२८ प्रतिशतमा झरेको छ नेपालको यो उपलब्धिको प्रमुख र महत्वपुर्ण हिस्सेदारका रुपमा मैले नेत्रज्योति संघलाई मानेको छु’ सभामुख घिमिरेले भने, ‘नेपालको आखाँ स्वास्थ्य क्षेत्रमा संघले खेलेको भुमिकाको जति प्रशंसा गरेपनि कमै हुन्छ’ ।

    कुखुरा र माछाको उदाहरण दिँदै सभामुख घिमिरेले कुखुरले जसरी एउटा अण्डा पार्दा पनि गाँउ नै हल्लिने गरी हल्ला गर्छ तर माछाले पानी भित्र हजारौ अण्डा पार्दा समेत कसैले थाँहा पाउदैनन त्यसरी नै संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

    नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि नेपाली जनताहरुलाई सस्तो, सुलभ र गुणस्तरिय आँखा उपचार सेवा जनताको घर आगनमै पुर्याउदै नेपालको अन्धोपन न्यूनिकरणमा क्रियाशील एक मुनाफारहित, गैरसरकारी विशुद्व सामाजिक संस्था हो ।

    वि.सं. २०३५ साल चैत्र १३ गते आजैका दिन समाजका विभिन्न क्षेत्रका बिशिष्ट समाजसेवीहरु तथा प्रा.डा रामप्रसाद पोख्रेल ‘आँखा बा’ को सामूहिक प्रयासबाट स्थापना भएको यस संघले देशका (लगभग ९० प्रतिशत) नेपाली नागरिकमा सस्तो, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पु¥याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप नेपालको सबै क्षेत्रहरुलाई समेटने गरी २७ आँखा अस्पतालहरु, १५० भन्दा बढि आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु मार्फत यसले सेवा प्रवाह गरिरहेको छ ।

    सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३० लाख ७ हजार २९१ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ७२ हजार ९ सय ५० जनाको आँखाका शल्यक्रिया गर्न सफल भएको थियो । संघले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत सन् २०१८ लेखि २०२२ सम्ममा देशका विभिन्न विद्यालयहरुमा अध्ययनरत १० लाख भन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरी हजारौ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिसकेको छ भने ५ सय ५० जना बिद्यार्थिहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।

    यस वर्ष नेत्रज्योति दिवसको नारा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने रहेको छ । यस नारालाई साकार पार्न संघले विभिन्न कार्यक्रमहरु तय गरेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिकहकको रुपमा उल्लेख गरेको तथा विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको सन्दर्भमा, सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम उपलव्ध श्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलव्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय आँखा स्वास्थ्य रणनितीलाई समेत आत्मसात गर्र्दै आँखा उपचार सेवालाई हरेक स्थानिय निकायहरुसम्म पुर्याउने लक्ष्य लिएको छ ।

    हाल संघले आफ्नो सन् २०२३ दखि २०३० सम्मको रणनितिक योजना तयार पारिरहेको छ । उक्त रणनितीक योजनाले नेपालमा बढी भन्दा बढी मानिसहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यसका साथै संघले आफु अन्तरगत सञ्चानमा रहेका आँखा अस्पतालहरु तथा उपचार केन्द्रहरुलाई हरित अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

    नेपाल नेत्रज्योति संघले नेत्रज्योति दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा विशेष योगदान दिनुहुने चौधरी दाता परिवारलाई ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मनित गरिएको छ । साथै नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन न्यूनिकरणमा सहयोग गर्ने सेवा फाउन्डेसन, सेवा क्यानडा सोसाईटी र दुहवी नगरपालिकालाई पनि ‘बिशिष्ट नेत्रज्योति सम्मान’ बाट सम्मानित गरिएको छ ।

    त्यस्तै नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार गरि अन्धोपन न्युनिकरण गर्ने योजनामा विशेष योगदान गर्नुहुने नेपाल नेत्रज्योति संघका लुम्बिनी प्रदेश सभापति तथा रुपन्देहि शाखाका निवर्तमान सभापति सागरप्रताप राणा, नेत्र ज्यातिसंघ चितवन शाखाका पुर्बसभापति एबं केन्द्रिय सदस्य चिजकुमार मास्के, नेत्रज्योति संघ कैलाली शाखाका पुर्बसभापति शिवदत्त जोशी, नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा.बासु अधिकारी र नेत्रज्योति संघ रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका पुर्व मेडिकल डाईरेक्टर बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. सुदर्शनप्रसाद धिताललाई ‘लाईफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ ।

    त्यस्तै २५ बर्षदेखि निरन्तर नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालमा रहि कार्य गर्दै आएकोले संघका आँख स्वास्थ्य कार्यकर्ता श्री गोबिन्द शर्मालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ ।

    त्यस्तै संघ अन्तरगतका अस्पतालमा कार्यरत कर्मचरीहरुका बिचमा आयोजना गरिएको नेपालमा आँखा स्वास्थ्यका समस्या, चुनौति र स्थानियको भुमिका बिषयक राष्ट्रब्यापी निबन्ध लेखन प्रतियोगिता लेखन प्रतियोतामा किर्तिपुर आँखा अस्पतालकी दुर्गादेबी श्रेष्ठ प्रथम, इटहरी आँखा अस्पतालका उमाशंकर पटेल द्धितिय र गौर आँखा अस्पतालका दिनेश घिमिरे तृतिय भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...