News Portal

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ चैत २०७९
    २९८ पटक
    durlabभक्तपुर, १४ चैत २०७९

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग जोड्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले नर्सिङ्ग, फार्मेसी, एचए जस्ता विषय पढाउन मिल्ने गरी नगर अस्पताललाई शिक्षासंग जोड्नुपर्नेमा उनले जोड दिएका हुन् ।

    मंगलवार मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मूल कार्यक्रमलाई बोडेमा सम्बोधन गर्दै संघीय सांसद थापाले नगर अस्पताल सबैको साझा सम्पती भएको भन्दै यसको स्तरोन्नतीका लागि आफूले पहल गर्ने प्रतिवद्धता प्रकट गरे । अस्पतालको सेवा विस्तार गर्ने र यसलाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउने उनले बताए ।  नगरपालिकाले बनाएको कार्य योजनालाई कार्यान्वयन गर्न आफूले समन्वय र सहयोग गरिरहेको खुलासा गर्दै सांसद थापाले नेपाल कोरिया मैत्री नगर अस्पतालमा चाडै स्टाफ नर्सका कक्षा संचालन हुने समेत जानकारी गराएका छन् ।

    सांसद थापाले नगरका सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउदै जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा संचालन गर्नुपर्ने र नगरपालिकाले प्राविधिक धारको विद्यालय शिक्षालाई महत्वका साथ् अघि बढाउनुपर्ने आवश्यकता औल्याए । त्यसका लागि संघीय सरकारले सहयोग गर्ने उनले बताएका छन् ।

    सांसद थापाले सबै मिलेर बिकास निर्माणमा हातेमालो गर्नुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा बागमती प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ र धनेश्वरी प्रजापतिले नगरपालिकालाई प्रदेश सरकारले गर्न सक्ने सहयोगमा कमी हुन नदिने जिकिर गरेका थिए ।

    उक्त अवसरमा नगर भित्र रहेका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिपकुमार प्रजापति भिष्मले अघिल्लो स्थानीय सरकारले प्रदेश सरकारले दिएको करौडौं रकम काम गर्न नदिएर फिर्ता भएको स्मरण गर्दै त्यसले मध्यपुरको बिकासमा असर गरेको उल्लेख गरेका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मध्यपुर थिमिका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले नगरको विगतदेखि वर्तमान सम्मको बिकास प्रक्रियाबारे टिप्पणी गरेका थिए भने नेकपा(एमाले)का जिल्ला अध्यक्ष बचन देउजाले एमालेलाई एक्ल्याएर नगरपालिका अघि बढ्न नसक्ने बताए ।

    स्थापना दिवसकै अवसरमा नगरपालिकाले विभिन्न व्यक्ति तथा संघसस्थालाई सम्मान समेत गरेको छ । कार्यक्रममा उत्कृष्ट वडा स्तरीय उपभोक्ता समिति अन्तर्गत वडा नं. ३ को स्वच्छ सरस्वती नगर ढुङ्गा छपाई उपभोक्ता समिति, शाक्य ढुङ्गा बिक्रि डिपो र वडा नं. ३ का उग्र बहादुर शाक्य उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

    यसैगरी शैक्षिक सत्र २०७८ को कक्षा ८, १० (एसईई) र १२ को अन्तिम परीक्षाको नतिजाका आधारमा गणेश मावि नगदेश उत्कृष्ट सामुदायिक विद्यालय, त्रि स्टार ईङ्गलिस सेकेण्डरी स्कुल लोहकिल्थली उत्कृष्ट संस्थागत विद्यालय सम्मानबाट सम्मानित भए ।

    यस्तै हलुका सवारी चालक राम सुनुवार मध्यपुर थिमि नगरपालिकाको यसवर्षको उत्कृष्ट कर्मचारी घोषित भएका छन । उहाँलाई पनि स्थापना दिवसको अवसरमा सम्मान गरिएको छ ।
    सोही अवसरमा बोडेको ऐतिहासिक पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरी कायम गर्न अतुलनीय भूमिका र योगदानको कदर स्वरुप पलेस्वाँ पुखुः संरक्षण समितिलाई विशेष कदरपत्रले सम्मान गरिएको छ । यसैगरी उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त दुई कर्मचारी धनकृष्ण श्रेष्ठ र अञ्जली श्रेष्ठलाई पनि ससम्मान बिदाई गरिएको छ ।

    यसैगरी अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि जनही लाख रुपैंयासहित ससम्मान बिदाई गरिएको छ । अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुमा वडा नं. १ का राजमाया कवे, पदमा खड्का, लक्ष्मी हेका, वडा नं. २ का विमला खड्का, वडा नं. ३ का ईन्द्रा देवी बस्नेत, सितादेवी बस्नेत, पार्वती अर्याल, वडा नं. ४ कृष्णमाया कायष्थ, रामदेवी श्रेष्ठ, राममाया श्रेष्ठ रहेका छन ।
    वडा नं. ५ का चन्द्रमाया श्रेष्ठ, रामशोभा श्रेष्ठ, वडा नं. ६ का रबी श्रेष्ठ, रुकमणी श्रेष्ठ, राममाया मानन्धर, वडा नं. ७ का मोहनमाया बाडे, गंगा मल्ल, तुइलमाया सिन्केमन, वडा नं. ८ का नजरी माया साहुखल, चम्पा जिम्मा, विष्णुमाया साहुखल, अष्टमाया तमी र वडा नं. ९ का शारदा कार्कीलाई जनही नगद १ लाखसहित बिदाई गरिएको छ ।

    नगरपालिकाले नगरका ज्येष्ठ नागरिकलाई पनि सम्मान सम्पन्न गरेको छ । नगरपालिकाले प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी दुई÷दुई जनालाई नगद राशीसहित सम्मान गरेको हो ।
    सम्मानित हुने ज्येष्ठ नागरिकहरुका वडा नं. १ का मनमाया सुवेदी, भिमबहादुर खड्का, वडा नं. २ का यमलाल आचार्य, मनुमाया खत्री, वडा नं. ३ का मुद्धधरा घिमिरे, धनपति सुवेदी, वडा नं. ४ का सजन माया श्रेष्ठ, ज्ञानलाल श्रेष्ठ, वडा नं. ५ का रत्नमान प्रजापति, सानुमाया श्रेष्ठ छन ।
    यस्तै वडा नं. ६ का कान्छा कुमार साझ्वा प्रजापति, गणेश माया प्रजापति, वडा नं. ७ का आशानसिं धुमन, तरिमाया शाही, वडा नं. ८ का रत्नमाया श्रेष्ठ, रामकृष्ण थापा श्रेष्ठ र वडा नं. ९ का ईन्द्रकला शर्मा , बासुदेव खड्कालाई सम्मान गरिएको थियो ।

    उनीहरुलाई प्रमुख अतिथि सहित नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ लगायतले सम्मान गरेका थिए । कार्यक्रममा बिभिन्न गीत, नाँच र झाकी प्रस्तुत गरिएको थियो । बिहान अरनिको हाइवे सफाई बाट शुरु भएको वार्षिकोत्सव कार्यक्रम साँझ औपचारिक कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...