News Portal

  • भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १५ चैत २०७९
    ४४७ पटक
    भक्तपुर, १५ चैत २०७९

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन् । बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । प्रदेश सरकारका प्रवक्ता श्रेष्ठ सिन्धुलीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएपनि उनी डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठ उनका प्रमुख स्वकीय सचिव रहेका थिए ।

    सिन्धुली स्थायी घर भएका श्रेष्ठ भक्तपुरका अस्थायी बासिन्दा हुन् । उनी मन्त्री हुनु अघि सूनपा-५ सुवर्ण चोकमा बस्दै आएका थिए ।

    यसअघि प्रवक्ता रहेका मन्त्री जगन्नाथ थपलिया उनको पार्टी नेकपा(एमाले) संगै सरकारबाट बाहिरिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी गराएका हुन् । वागमती प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले यसै आर्थिक बर्षभित्र कार्यान्वयन गर्ने गरि ७ हजार ५ सय जनालाइ स्वरोजगार बनाउने गरि तालिम र टेवा पुजी प्रदान गर्ने कार्यबिधी पनि पारित गरेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...