News Portal

  • बागमती प्रदेश सरकारले ३ महिनाभित्र ७ हजार ५ सयलाई स्वरोजगार बनाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत २०७९
    ४५३ पटक
    भक्तपुर, १६ चैत २०७९

    वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० भित्र नै ७ हजार ५ सय प्रदेशका बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउने बताइएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले सो जानकारी गराएका हुन् ।

    यसका लागि प्रदेश मन्त्रीपरिषदको बैठकले एक कार्यविधि पास गरेको उनको भनाइ छ । ”यसै आर्थिक बर्षभित्र कार्यान्वयन गर्ने गरि ७ हजार ५ सय स्वरोजगार बनाउने कार्यविधि बुधवार मन्त्रीपरिषदले पारित गरेको छ ।” मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले भने ।

    कार्यविधिमा स्वरोजगार हुन चाहनेलाई तालिम र टेवा पुजीको व्यवस्था गरिएको उनको भनाइ छ । प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरी स्वरोजगार हुन चाहनेहरुबाट आवेदन संकलन गर्ने र त्यसका आधारमा बेरोजगार छनौट गरी स्वरोजगारमूलक तालिम र तालिम पछि टेवा पुजी प्रदान गरिने उनले बताए ।

    बढी पुजी आवश्यक नपर्ने सरल व्यवसायलाई प्राथमिकता दिई तालिम प्रदान गर्ने कार्यक्रम रहेको प्रमुख राजनीतिक सल्लाहकार ढकालले प्रष्ट पारेका छन् । प्रदेश सरकारको तालिम केन्द्रले कपाल काट्ने, लुगा सिलाउने, जुत्ता बनाउने, मोबाइल, कम्प्युटर, मोटरसाइकल लगायत मेसनरी सामाग्री मर्मत गर्ने जस्ता कार्यको तालिम दिने उनले जानकारी गराए ।

    त्यसैगरी मूर्तीकला,चित्रकला,काष्ठकला,पाककला, ब्युटिसियन,माली, थेरापिष्टका साथै होटल व्यवसाय र टुरिष्ट गाइड लगायत पर्यटन सेवाको क्षेत्रमा समेत तालिम प्रदान गरिने उनले बताए । यी बाहेक पनि धेरै विषयमा तालिम संचालन गरिने र छिट्टै यसको सूचना सार्वजनिक हुने उनले जनाएका छन् ।

    यस्ता तालिमपछि व्यवसाय संचालन गर्न कम पुजी लाग्ने र त्यसको लागि कामको प्रकृती अनुसार टेवा पुजी प्रदान गरिने बताइएको छ ।

    यो शुरुवात मात्र भएको र प्रत्येक वर्ष थप हजारौंका संख्यामा स्वरोजगार उत्पादन गरिने भन्दै प्रमुख राजनीतिक सल्लाहकार ढकालले स्वरोजगार बन्ने दृढ इच्छाशक्ति भएका तर अनुभव र योग्यता नभएकालाई तालिमले योग्य र अनुभवी बनाइने दावी गरे । तालिम पूर्णत: नि:शुल्क हुने र आफ्नै व्यवसाय गर्न प्रोत्साहन स्वरुप टेवा पुजी पनि प्रदान गरिने हुँदा स्वरोजगार बन्न चाहनेहरु प्रदेश सरकारको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...