News Portal

  • भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ चैत्र २०७९
    ५८६ पटक
    भक्तपुर, १६ चैत्र २०७९

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो ।

    २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता भएको थियो । तर आठ पटक म्याद थप गर्दा पनि १५ किलोमिटर लामो सडक सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

    सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो । सडक विस्तारको काम सुरु भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रसमेत भत्किएको छ । ठेकेदारले कालोपत्र भनेको बाटो अहिले धुलाम्य र खल्डैखाल्डो रहेको छ ।

    २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर सडक निर्माणको लागत ३१ करोड पुर्‍याइएको थियो । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा सडक निर्माणको ठेक्का लिएका थिए । राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...