News Portal

  • अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ चैत २०७९
    ६८८ पटक
    भक्तपुर, १७ चैत २०७९

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रवार बिहान दुर्घटना ग्रस्त मोटरसाइकल चालकको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे महत गाँउ बस्ने बर्ष २४ को निश्चल महत रहेका छन् । जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१० प ६८९० नं को मोटरसाईकल आफै अनियन्त्रित भई करिब पौने ९ बजे पलासेचोकमा दुर्घटना हुदाँ चालक महत गम्भीर घाइते भएका थिए ।

    उपचारको लागि सूर्यविनायक नगर अस्पताल जगाती लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि करिब साढे ९ बजे उनलाई मध्यपुर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उपचारको क्रममा बिहान करिब पौने १० बजेको समयमा महतको मृत्यु भएको जिल्ला प्रहरी वृत्त जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी गराएका छन।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...