News Portal

  • खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ चैत २०७९
    ११८३ पटक
    भक्तपुर, १७ चैत २०७९

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई जनासहित मासु पसल सञ्चालकलाई समेत पक्राउ गर्न सफल भएको छ ।

    बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेको बोका चोरीको भएको आशंकामा प्रहरीले अनुसन्धान गरेपछि ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई हाल सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई हाल मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङ पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

    चोरीका खसीबोका खरिद गरी मासु बिक्री गर्ने गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल काठमाडौँको पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ परेका बताइएको छ ।

    शुक्रवार बिहान करिब ३ बजे ट्याक्सीमा बोका राखी ल्याएको देखेपछि जगाती वृत्तले अनुसन्धान गरेको थियो । काभ्रे र भक्तपुरमा खसीबोका चोरी भएको दर्जन बढी केस दर्ता भएपछि प्रहरी चनाखो भएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...