News Portal

  • सालकको खपटासहित चाँगुबाट २ जना पक्राउ, के हो सालकको खपटा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ चैत २०७९
    ५९३ पटक
    भक्तपुर, २१ चैत २०७९
    भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट लोपोल्मुख बन्यजन्तु सालकको खपटा लिएर हिडिरहेका २ जना पक्राउ परेका छन् ।सालकको खपटा बोकेर बेच्न हिडेको भन्ने विशेष सूचनाको आधारमा भक्तपुर प्रहरीले उनीहरुलाई मंगलवार दिउँसो चाँगुनारायण २ बर्खेबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए अनुसार पक्राउ पर्नेमा हेटौडा ३ घर भई चाँगुनारायण २ मा बस्ने २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी २ घर भई चाँगुनारायण २ मै बस्ने २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

    उनीहरुलाई बाग्मती प्रदेश ०२) ९०२० प ८४९७ नम्बरको केटीएम २५० सीसीको मोटरसाईकलमा अन्दाजी ९९८ ग्राम बराबरको सालकको खपटा कालो रंगको झोलामा राखि हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको डिएसपी पाठकले जानकारी दिए ।

    पक्राउ परेका दुबैजनालाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाउने जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी बसन्त पाठकले बताएका छन् ।

    के हो सालक

    सालक एक लोपोन्मुख वन्यजन्तु हो।यसको शरीर ठुलाठुला कत्लाले ढाकिएको हुन्छ। यो प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ। नेपालमा धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौँको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पाइने वन्यजन्तुविज्ञ बताउँछन्। तर अन्य क्षेत्रमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।

    सालको जंगलमा भेटिने भएकोले यसलाई सालक भनिएको हुनसक्छ । सालकले मुख्य आहार धमिरा, कमिला र सान किराहरु हुन । एउटा सालकले १ वर्षमा ७ करोडभन्दा बढी धमिरा र कमिला र किरा खान्छ । धमिरा नियन्त्रणमा यसको ठूलो महत्व छ ।

    कस्तो हुन्छ खपटा
    केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । सालकलाई मारेर निकालिने कत्ला नै खपटा हो । सालकको खपटा औषधी हुने अन्धविश्वास र महंगोमा बिक्रि हुने हल्लाले सालकलाई मारेर खपटा झिक्ने र बेच्न ग्राहक खोज्दै हिड्ने गरेका मानिसहरु लाई प्रहरीले पक्राउ गर्ने गरेको छ ।

    के हुन्छ कारवाही
    सालक मार्नेलाई आरोप प्रमाणित भए ७ बर्षदेखि १५ सम्म कैद, १ लाखदेखि ५ लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ । कारवाहीबारे जानकारी नहुँदा पनि कतिपय मानिसहरु सालक मारेर जेल जीवन बिताउन बाध्य बनिरहेका छन् ।

    नेपालमा चोरी सिकारीका कारण विश्वमै एकमात्र खपटायुक्त स्तनधारी जीव सालक अस्तित्वकै खतरामा रहेको डिभिजन बन कार्यालय भक्तपुरकी सूचना अधिकृत सलिना कडाल बताउँछिन् । खपटा महँगो बिक्ने भ्रमले मानिसले यसलाई मार्ने गरेका उनले बताइन् ।
    सालक संरक्षणका लागि जनचेतना र सबैको सामुहिक सहयोग हुनुपर्ने आवश्यकता उनले औल्याएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...