News Portal

  • सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ चैत २०७९
    ३५६ पटक
    भक्तपुर, २३ चैत २०७९

    प्रचण्ड नेतृत्वको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ। बिहीबार सञ्चारमन्त्री रेखा शर्माले ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् ।

    उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम राम्रो भएको र यसलाई लागु गर्न कर्मचारीसहित सबै तहबाट काम हुनुपर्नेमा जोड दिएका छन् । यस कार्यक्रममा सरकारमा पहिले सहभागी भएका र अहिले समावेश भएका राजनीतिक दलहरूको योजना भएकोले राष्ट्रिय सहमतीकै रुपमा लिन सकिने उनले जिकिर गरेका थिए ।

    उनले भने, ‘यो धेरै विकशित र परिमार्जित भएर आएको छ, यो राष्ट्रिय सहमतिकै न्यूनतम साझा कार्यक्रम भन्न सकिन्छ, यसलाई कार्यन्वयन गर्ने जिम्मेवारी सबै राजीतिक दल र कर्मचारीको हो । प्रधानमन्त्री प्रचण्डले सरकारबाट जनताले धेरै आशा र अपेक्षा गरेको भन्दै उक्त अपेक्षा पूरा गर्ने गरी न्यूनतम साझा कार्यकम ल्याएको दावी गरे ।

    सरकारको साझा न्यूनतम कार्यक्रममा माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, जसपा नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालको तर्फबाट अध्यक्ष महत्थ ठाकुर, नेसपाको तर्फबाट अध्यक्ष माधव कुमार नेपाल, जनमत पार्टीको तर्फबाट अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीबाट अध्यक्ष प्रभु साह र जनमोर्चाको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको छ।

    साझा न्यूनतम कार्यक्रममा सरकारका नौ प्राथमिकता तय गरिएको छ। कार्यक्रममा सरकारका आर्थिक नीति, सामाजिक रुपान्तरण, गुणस्तरीय सेवा प्रवाहलगायत विषय समेटिएको छ। शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने, सन्तुलित अन्तररष्ट्रिय सम्बन्धमा जोड दिनेजस्ता विषय पनि साझा न्यूनतम कार्यक्रममा समेटिएको छ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...