News Portal

  • भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरु, मन्त्री भुषालले गरे उद्घाटन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ चैत २०७९
    ४५७ पटक
    भक्तपुर, २३ चैत २०७९

    नयाँ वर्ष तथा बिस्काः जात्राको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरु भएको छ । कृषी मन्त्री बेदुराम भुषालले बिहीवार महोत्सव स्थल रहेको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका हुन् ।

    महोत्सव उद्घाटन गर्दै मन्त्री भुषालले मेला महोत्सवमा स्थानीय कृषी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल कृषीप्रधान देश भएपनि कृषी उत्पादनमा परनिर्भर हुनुपरेको र करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेकोमा दुख व्यक्त गर्दै उनले सरकारले कृषी क्षेत्रलाई उकास्ने उद्घोष समेत गरे । ‘

    अर्थतन्त्रलाई सवल बनाउन, कृषी क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने आवश्यकता औल्याउदैं उनले भक्तपुर किसानहरुको जिल्ला भएकाले पनि उत्पादनमा जोडिन अपिल गरे । यहाँको जुजु:धौ को प्रचार अझ ब्याबक गरी किसानलाई लाभान्वित गर्न सबै जिल्लाबासी लाग्नुपर्ने उनको सुझाव रहेको छ ।

    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र प्रसाद रिजालले बिस्काः जात्रालाई ध्यान दिएर भक्तपुरमा जात्रा अवधिभर खुला रुपमा मदिरा बिक्रि वितरण गर्न नदिइने जानकारी गराए । प्रमुख जिल्ला अधिकारी रिजालले सबै सरोकारवालाको बैठकले यस्तो निर्णय गरिएको जानकारी गराए । उनले जिल्लामा जात्रा र महोत्सवमा शान्तिपूर्ण ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम सुन्दर बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले भक्तपुरको औद्योगिक व्यापारिक हित, सांस्कृतिक पहिचान प्रबर्द्धन तथा पर्यटन विकाशमा महोत्सवले सहयोग पुर्याउने बिचार व्यक्त गरेका थिए । त्यसैगरी आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र महोत्सवका संयोजक दीपक थापाले महोत्सवको उदेश्य र महत्वमाथि प्रकाश पार्दै महोत्सवमा प्रदान गरिने सेवाबारे जानकारी गराएका थिए ।

    २०८० साल बैशाख ३ गते ११ दिनसम्म चल्ने महोत्सवको आयोजना औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले गरेका छन् । महोत्सवमा २ सय भन्दा बढी स्टल रहने र २० देखि ५० प्रतिशतसम्म विशेष छुटमा बस्तु तथा सेवा उपलब्ध गराइने बताइएको छ ।मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु छुट मूल्यमा उपलब्ध गराईनुका साथै ब्यापार, पर्यटन, मनोरञ्जन र सामाजिक सेवाका बिबिध कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...