News Portal

  • आजबाट पाठ्यपुस्तक बिक्री शुरू

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत्र २०७९
    २५९ पटक
     भक्तपुर, २४ चैत्र २०७९

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू गर्ने भएको छ । सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री शुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुुर्गम र अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ । केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ ।

    केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार आठवटै प्रदेश कार्यालयले १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्ने र वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसक्नेछ । उनले भर्ना अभियान शुरू भएका कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका ५ जिल्लामा सम्भवतः चैत मसान्तपछि सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्ने पनि बताए ।

    केन्द्रले कक्षा ६ देखि १० सम्म १ करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । केन्द्रलाई १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति दिएकोमा हालसम्म करिब ९६ प्रतिशत पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । बाँकी १० लाख थान पाठ्यपुस्तकको छपाइ चैत मसान्तसम्म सकिने प्रबन्ध सञ्चालक झाले बताए । हालसम्म कक्षा ६ र ७ को २८–२८, ८ को कक्षा २४ र ९ र १० कक्षाको ३०–३० लाख थान पाठ्यपुस्तक छपाइ भइसकेको छ ।

    केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, कास्की, बुटवल सुर्खेत र काठमाडौंस्थित मुख्यालयको बिक्री केन्द्रबाट बिक्री खुलाएको हो । प्रबन्ध सञ्चालक झाले हुम्ला, जुम्ला, मुगु, कालिकोट, बाजुरा, मनाङ, मुस्ताङ, डोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा चैत मसान्तभित्र सबै विद्यार्थीको हातहातमा पुगिसक्ने दाबी गर्दै भने, ‘दुर्गम जिल्लामा पाठ्यपुस्तक ढुवानी गर्न नेपालगञ्ज र धनगढी प्रादेशिक कार्यालयको गोदाममा पाठ्यपुस्तक पुर्याइसकेका छौं । केन्द्रले पाठ्यपुस्तक बिक्री गर्ने सूचना जारी गरेलगत्तै कास्की, नेपालगञ्ज र धनगढीमा बिक्रेताको घुइँचो लागिसकेको छ । ती प्रदेशका बिक्रेताले आजबाट पुस्तक ढुवानी र बिक्री गर्नेछन् ।’

    केन्द्रका प्रबन्ध सञ्चालक झाले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्यअनुसार काम भइरहेको र अब एक हप्तामा सबै पाठ्यपुस्तक छपाइ पूरा हुने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रको लागि निजी क्षेत्रलाई कक्षा १–५ को पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा दिइसकेको छ । निजी प्रकाशकले १ देखि ५ कक्षासम्म १ करोड २० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा दिएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब ५ महिनाअघि सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी संख्याको आधारमा स्थानीय तहमा रकम निकासा गरिसकेको छ ।

    पुस्तक बिक्री हुने तालिकाअनुसार आज सानोठिमीबाट पहिलो चरणमा दोलखा र रामेछापमा पुस्तक ढुवानी हुनेछ । भरतपुर प्रादेशिक कार्यालयले आज चितवनमा बिक्री खुला गर्नेछ । पुस्तक तथा स्टेसनरी व्यवसायी र प्रादेशिक कार्यालयबीच सहमति भएपछि बिक्री शुरू भएको हो ।

    केन्द्रले ६ देखि १० कक्षासम्म प्रत्येक कक्षामा ५–५ लाख विद्यार्थी भएको अनुमान गरेको छ । सोही आधारमा बजेट विनियोजन भएको छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शैक्षिकसत्र २०८० मा कक्षा १ देखि १० सम्म ३ अर्ब ४० करोड रुपियाँ बजेट स्थानीय तहमार्फत विद्यालयमा पुग्ने गरी विनियोजन भएको बताए । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...