News Portal

  • १३ वर्षमा ताहाननीको सत्तल निर्माण सम्पन्न : सहयोगीहरु सम्मानित

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमी, २५ चैत २०७९
    ५९० पटक
    मध्यपुर थिमी, २५ चैत २०७९

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित ताहानानी टोलमा सत्तल निर्माण कार्य सम्पन्न भएको छ । १३ वर्ष अघि ताहाननी बाँसुरी खलको पहलमा तत्कालिन अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव डिपी ढकालले मन्त्रालयको २ लाख बजेट उपलब्ध गराएपछि शुरु भएको सत्तल निर्माण ३० लाख लागतसहित सम्पन्न भएको हो ।

    शनिवार सहयोगी हातहरुलाई सम्झदै उनीहरुलाई सम्मान पत्रबाट सम्मानित समेत गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले इच्छाशक्ति र निरन्तरको सक्रियताले सत्तल निर्माण सम्पन्न गरेकोमा ताहननीबासीलाई बधाई दिएका छन् । आफू भूमिगत राजनीतिमा रहँदा ताहाननीले आश्रय दिएको स्मरण गर्दै ताहाननीको बिकासको लागि आफू सदैव तत्पर रहेको उनले प्रतिवद्धता समेत प्रकट गरे । बागमती प्रदेश सरकारका तर्फबाट मध्यपुर थिमीको दीर्घकालीन बिकासमा योगदान गर्ने उनले बचन बद्धता समेत व्यक्त गरेका थिए ।

    उक्त अवसरमा मध्यपुर थिमी नगरपालिकाका उप प्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकाले दिएको रकम सदुपयोग गरी सत्तल निर्माण गरेकोमा खुशी प्रकट गर्दै ताहननीको लागि आवश्यक बजेट बिनियोजन गर्न कन्जुस्याई नहुने जानकारी गराए । उनले नगरपालिकाले नगरबासीको शिक्षा र स्वास्थ्यको लागि लगानी गरेको बताउदै नगरपालिकाले प्राविधिक बिद्यालय र कलेज संचालन गर्ने बताए । त्यसैगरी आफूहरु निर्वाचित हुँदा ७ महिना अघि देखि तलब दिन नसकेको अवस्थामा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई हाल व्यवस्थित बनाएको र सेवा बिस्तार गरिएको उनले बताए । जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बीमा लागू गरिएको, पाँच जना सम्म परिवार संख्या भएका नगरवासीलाई स्वास्थ्य बीमा निशुल्क गरिएको, रेडक्रससंग सहकार्य गरी नगरवासीलाई निशुल्क रगत प्राप्तिको व्यवस्था मिलाइएको र वडाहरुमै नागरिकलाई निशुल्क प्रारम्भिक स्वास्थ्य परीक्षणको समेत प्रवन्ध मिलाइएको उनले प्रष्ट पारे ।

    कार्यक्रममा स्थानीय समेत रहेका नेकपा(माओवादी केन्द्र) का केन्द्रीय नेता एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले अहिले तीनै तहका सरकारमा आफ्नो पार्टी रहेकाले ताहननी र मध्यपुर थिमीको बिकासमा कुनै कमी हुन नदिने स्पष्ट पारे । बिगतमा स्थानीय सरकारले असहयोग गर्दा बजेट फिर्ता गर्नुपरेको जानकारी गराउदै उनले बिकास बिरोधीहरुलाई जनताले पाखा लगाउने टिप्पणी गरे । शिक्षा, स्वास्थ्य र रोजगारीको बिकासमा जोड दिदै उनले भौतिक बिकास निर्माणका साथै सामाजिक बिकासमा समेत सामुहिक पहलकदमी हुनुपर्ने बताए ।

    उक्त अवसरमा बागमती प्रदेश सभाकी निवर्तमान सदस्य एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सत्तल निर्माणका लागि आफूले प्रदेश सरकारबाट ल्याएको ५ लाख कोभिड महामारी र स्थानीय जनप्रतिनिधिको असहयोगका कारण फिर्ता भएको जानकारी गराइन ।  स्थानीय सरकारले बजेट नै नचाहिने भन्दाभन्दै आफूले नगर भित्र करौडौको योजना पारेको र अहिले पनि काम भैरहेको उनले प्रष्ट पारिन । त्यसैगरी वडाध्यक्ष बालकृष्ण श्रेष्ठले आफूले वडाको बिकासमा सबैसंग मिलेर काम गर्ने बताए ।

    स्थानीय अगुवा समाजसेवी एवं सत्तल निर्माण उपभोक्ता समितिका सस्थापक अध्यक्ष बाबुनाथ प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन सत्तल निर्माण उपभोक्ता समितिका वर्तमान अध्यक्ष बलराम प्रजापतिले गरेका थिए । स्वागत मन्तब्य एवं आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी केशरी श्रेष्ठ प्रजापतिले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव बालमुकुन्द प्रजापतिले गरेका थिए । स्वास्थ्य प्रतिकुलताका कारण कार्यक्रममा प्रमुख अतिथि रहेका मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थित हुन नसकेका आयोजकले जनाएको छ ।

    सत्तल निर्माणका लागि शुरुमा अर्थ मन्त्रालयले २ लाख दिएको थियो भने मध्यपुर थिमी नगरपालिकाले ११ लाख ४९ हजार र नगर विकासले २ लाख उपलब्ध गराएको बताइएको छ । बाँकी सबै रकम श्रमदान र चन्दा सहयोग बाट संकलन गरी करिब ३० लाख लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष बलराम प्रजापतिले प्रष्ट पारेका छन् ।

    कार्यक्रममा सत्तल बनाउन जग्गा दान गर्ने पुन कुमारी निजी भगवान गुठिका गुठियारहरु काजीबहादुर, तेज बहादुर र प्रेम बहादुर प्रजापतिलाई मृत्यु पर्यन्त सम्मान गरिएको थियो । त्यसैगरी विशेष सम्मानबाट माइला प्रजापति सम्मानित भएका छन् भने कुकी इनाय ध्यो गुठी, तुलसी बहादुर प्रजापति अष्ट बहादुर गुणमाया प्रजापति,पूर्ण ज्योती शाक्य, तुलसी बहादुर प्याठ, रत्नमान प्रजापति लगायत २ दर्जन दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...