News Portal

  • बिस्का जात्रा: दत्तात्रय पुर्याइएको रथ बिहान नौ बजे गः हिटी पुर्‍याइयो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ चैत्र २०७९
    ४२० पटक
    भक्तपुर, २८ चैत्र २०७९

    भक्तपुरमा आज बिहान नौ बजे भैरवनाथको रथ ग: हिटी पुर्याइएको छ । जात्राको सुरुवात गरी सोमबार तमारीबाट तानेर दत्तात्रय पुगेको रथ फर्काउन नसके पछि आज बिहान ग: हिटी पुर्याइएको हो ।

    रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि मानिसहरु बिथोलिएकाले दत्तात्रयमै राख्नु परेको भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले बताएका छन् । आज बिहान स्थानीयवासीको सहायतामा रथ तानेर गःहिटीमा राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका हुन् । उनले भने, “राति ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयवासीलाई आग्रह गरिएको थियो र उनीहरूले नै रथ तानेर गःहिटी पुर्‍याएका छन् ।”

    जात्रामा भैरवनाथको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेदेखि ४ बिहान ४ बजे सम्म ढुङ्गा हानाहान भएको भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । उनले बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको बताए । घाइते सबैको उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको उनको भनाइ छ ।

    प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको छ । उनले भने, “जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरू माध्यमबाट थप ढुङ्गा हान्नेहरू पहिचान गरी पक्राउ गर्नेछौँ । पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौ ।”

    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले मानवीय क्षति नभएको जानकारी दिँदै जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने जानकारी दिए ।

    आठ रात र नौ दिनसम्म भव्यरूपमा बिस्काः जात्रा मनाइने गर्दछ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...