News Portal

  • जिब्रो छेड्ने सुजनले चढाए चार दाम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत्र २०७९
    २३६ पटक
     भक्तपुर, २८ चैत्र २०७९

    सुजन बाग श्रेष्ठले मध्यपुर थिमिको बोडेमा मनाईने ऐतिहासिक एवम् धार्मिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन पक्का गरेका छन् । २७ वर्षिय श्रेष्ठले सोमबार दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने पक्का गरेका हुन् ।

    जात्राको परम्परा अनुसार जिब्रो छेड्ने व्यक्तिले जात्राका नाईकेहरुलाई दाम चढाएर जिब्रो छेड्ने पक्का गर्ने गर्दछन् । सोही अनुसार सुजनले विधिवत रुपमा सगुन लिएर पमा नाईके जगतकृष्ण पिला श्रेष्ठको घरमा पुगेर दाम चढावेका हुन् ।

    उनले पमा नाईके जगतकृष्ण पिला श्रेष्ठ, पमा माईला भासिंक, कर्मी नाईके कृष्णचन्द्र बाग श्रेष्ठ र नाय्खी बाजाका नाईके बुद्धि बहादुर खड्गीलाई चार दाम चढाएका हुन् । सो अवसरमा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

    भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा बिस्का जात्राको अवसरमा बैशाख २ गते जिब्रो छेड्ने जात्रा गरिन्छ । जिब्रो छेड्ने व्यक्तिले पमा नाईकेहरुलाई दाम चढाएपछि जात्राको परम्परा अनुसार यसको विधि विधानमा रहनु पर्दछ ।

    सोही अनुसार सुजनले तीन दिनसम्म खाना खान नहुने, पशुपन्छी र आइमाईलाई छुन नहुने परम्परा निर्वाह गर्नुपर्दछ । विधि विधान उलंघन भएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ ।

    किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए । उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे । त्यसपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । भीमदत्तले लामो कपाल, लामो जिब्रोे, डरलाग्दो पिचास नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुंघुरु बाँधिदिए ।

    पिशाचको जिब्रोे छेडी बलेको महादीप काठकोे भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझै विभिन्न सातवटा वाचा गराई छाडिदिएको किंबदन्ती छ । किंबदन्ती अनुसारै एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रोे छेड्नु अगाडि पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ । वाचा अनुसार सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरुप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...