News Portal

  • राधेराधेस्थित यातायात ब्यवस्था कार्यालय(लाइसेन्स)को सेवा बन्द

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ चैत २०७९
    १३५० पटक
    भक्तपुर, २८ चैत २०७९

    यातायात ब्यवस्था कार्यालय(चालक अनुमतिपत्र) को भक्तपुरस्थित कार्यालयको कामकाज ठप्प भएको छ । कम्युटर सिस्टमको सर्भर बिग्रेपछि कामकाज ठप्प भएको हो ।                                                                                         मंगलवार राधेराधेस्थित यातायात ब्यवस्था कार्यालयमा कुनै पनि काम नभएको एक सेवाग्राहीले बताएका हुन् । उक्त विषयमा जिज्ञासा राख्दा निमित्त कार्यालय प्रमुख शिवकुमार निरौलाले सर्भर बिग्रेकाले काम हुन नसकेको बताए । “केन्द्रीय सर्भरमै समस्या आएपछि भक्तपुरमा मात्र नभई देशैभर सेवा प्रवाह हुन सकेन ।” उनले भने ।                                                                                                                                            राधेराधेस्थित यातायात ब्यवस्था कार्यालयमा नयाँ सवारी चालक अनुमती पत्र प्राप्तिको प्रक्रियाका लागि मंगलवार आएका करिब ७ सय ५० सेवाग्राही र अन्य सेवाका लागि आएका समेत गरि करिब २ हजार सेवाग्राही सेवा बन्द भएकाले फर्कन बाध्य भएका बताइन्छ । कार्यालय प्रमुख निरौलाले रोकिएका सेवाग्राहीलाई सर्भर सुचारु भएपछि सेवा दिने जानकारी दिएका छन् । उनले बिभागको सूचना हेरेर वा कार्यालयमा टेलिफोन सम्पर्क गरेर सर्भर सुचारु भएको यकिन भएपछि मात्र सेवा लिन आउन सम्पूर्ण सेवाग्राहीलाई अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...