News Portal

  • नयाँ नेतृत्वको लागि मतदान हुँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ चैत्र २०७९
    ३३० पटक
    भक्तपुर, २९ चैत्र २०७९

    नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अर्को कार्यकालको लागि अध्यक्ष बन्ने छन् भने बाँकि पदमा निर्वाचन हुने गरेको हो ।

    सोहि अनुसार हालका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत अध्यक्ष हुने छन् । अन्य पदमा भने आज चुनाव हुन लागेको हो । आज चैत्र २९ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । जिल्ला नगर समूहका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका लागि सेतो रङको मतपत्र बनाइएको छ ।

    प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र भने पहेलो रङको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले ३ जनासम्म प्रतिनिधि राख्न सक्नेछन् । वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, वस्तुगतको २० प्रतिशत र एशोसिएट सदस्यको ३० प्रतिशत मतभार रहनेछ ।

    वरिष्ठ उपाध्यक्षमा ३ जना उम्मेदवार रहेका छन् । वरिष्ठ उपाध्यक्षको लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको उम्मेदवारी परेको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा जित हाँसिल गर्नको लागि कुल खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनु पर्ने प्रावधान छ। यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने २ उम्मेदवारबीच फेरी प्रतिस्पर्धा हुने छ । यस्तो अवस्था आएमा चैत्र ३० गते वरिष्ठ उपाध्यक्षको लागि पुन: मतदान हुने गरि निर्वाचन कार्यतालिका तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...